युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
394 पटक पढिएको

 

बाजुरा – नेपाली कांग्रेस बाजुराका युवा नेता योगेन्द्र रावलले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले राती राती भित्र भित्रै सेटिङ गरेर संसदको हत्या गरेको अभिव्यक्ति दिएका छन । नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाले आयोजना गरेको चुनावी आमसभा कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन । नेता रावलले सर्वहाराको नारा बोकेको एमालेको कुन प्रकारको चरित्र छ भन्ने कुरा अन्योल नै रहेको बताए । दुई तिहाईको बहुमत दिएर सत्तमा पठाएका कमयुनिष्टहरुले जनताको जनमतबाट जननिर्वाचित द्वारा निर्माण गरिएको, नेपाली जनाताको लामो त्याग तपस्या र बलिदान बाट प्राप्त ,जनताको रगत र पसिनाले लेखिएको संविधानलाई कुल्चिएर चालेको असम्बैधानिक अलोकतान्त्रिक , प्रतिगमनकारी कदमको स्मरण गराए । साथै नेता रावलले पाँच बर्षको लागि सरकार चलाउने जिम्मेवारी नेपाली जनताले दिदा पनि आफ्नै मुडे अहंम्कारले एमाले सत्यानस हुने अवस्थामा पुगेको बताए ।

के. पी ओलीकै व्यकिगत स्वार्थ र सत्ताको लोभका कारण नेकपा टुक्रिएको गराएका हुन । समृद्ध नेपाल सुखी नेपालीको सपना बोकेको एमाले जनबिरोधि कार्य गर्नु साच्चिकै लज्जास्पद बिषय भएको टिप्पणी गरे । ओलीले चलाउन खोजेको निरंकुश शासन भुल्न नहुने बताउदै फेरि यस्तै अहंकार भएको हातमा देश चलाउने जिम्मेवारी जनताले दिने हो भने देशले कहिले निकास नपाउने बताएका हुन । ओलीले देशलाई अस्थिरताको बाटोमा दोर्याउदै देशलाई अँध्यारो सुरुमा फसाउन खोजेको अभिव्यक्ति दिए । पटक-पटक जनतालाई भ्रममा पारेर जनतालाई दुख दिने चरित्र भएको एमालेलाई सिद्ध्याउन बाहेकको अर्को विकल्प नरहेको उनको भनाई थियो । चुनाव नजिकिदै गर्दा जनतालाई झुटा आश्वासन दिएर प्रलोभनमा पार्ने र आफू सत्ता र पदको प्रलोभनमा जस्तोसुकै जनबिरोधी कार्य गर्न पनि पछि नहत्ने एमालेको प्रवृत्ति अव सवै नेपाली जनताले बुझिसकेको उनले बताए । यस्तो दोहोरो चरित भएको नेकपा एमालेले देशको शान्ति समृद्धि र नेपाली जनताको हितका लागि कुनै उल्लेखनीय कार्य गर्न नसक्ने बताउदै अवको संघीय निर्वाचनमा राष्ट्रियता लोकतन्त्र र समाजवादको नारा बोकेको इतिहासको प्रत्येक कालखण्डमा नेपाली जनतालाई संकटमा हुदा जनतालाई जोखिमबाट जोगाउन सधै अग्रणी भुमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेसमा आवद्ध भएर रुख चिन्हमा मतदान गर्न आग्रह समेत गरेका थिए ।

यस्तै  कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि नेतृ जुना दानीले एमाले न भाले हो कि पोथी भनेर छुट्याउन नसकिने पार्टीका रुपमा रहेको अभिव्यक्ति दिएकी छन् । साथै उनले यतिबेला देशभर नेपाली जनताको कांग्रेस प्रतीको आकर्षण भनेकै एमालेले पाँच बर्षको अवधिमा गरेको कुकर्मको फल भएको अभिव्यक्ति दिएकी हुन । अव आगामी बैशाख ३१ गते हुने संघीय निर्वानमा सवैले रुख चिन्हमा मतदान गर्नेछन् र बाजुरा जिल्लामा मात्रा नभैई देशभर कांग्रेस बहुमतका साथ चुनाव जित्नेछ भन्र कुरामा आफू बिश्वस्त रहेको बताइन् । आफ्नो ब्यक्तिगत स्वार्थका लागि जस्तोसुकै अनैतिक कार्य गर्न पछि नहत्ने दोहोरो चरित्र भएको एमालेको भ्रममा नपरी नेपाली कांग्रेसमा आबद्ध हुन पनि उनेले अनुरोध गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!