बाजुरा– नेपाल हिन्दु महासंघ बाजुरा साखाको मंगलबार बैठक बसेको छ । बैठकले सनातन सम्पदाको संरक्षण गर्ने सम्बन्धि तदर्स समिति गठन भएको निर्णय पारित गरेको छ । संस्थाका अध्यक्ष महारुद्र जोशीको अध्यक्षतामा बैठक बसेको हो । जिल्ला महासंघले हिन्दु धर्मावलम्बीहरुले आफ्नो रिति संस्कृति र सनातन सम्पदाहरुको के कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको हिन्दु महासंघ बाजुराका अध्यक्ष जोशीले जानकारी दिएका छन । सदरमुकाम मार्तडीमा बसेको बिश्व हिन्दु महासंघ जिल्ला साखा बाजुराको बैठममा समितिका पदाधिकारी र अन्य २३ जना बढीको उपस्थिति रहेको थियो











