
रमा रावल– नेपाली काँग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्यायकी आमाको निधन भएको छ । पाध्यायकी आमा उर्वसा पाध्यायको ८० वर्षको उमेरमा बुढीनन्दा नगरपालिका–५ विरसैनमा बैशाख २६ गते निधन भएको प्रति नेपाली काँग्रेस बाजुराले दु:ख व्यक्त गर्नुका साथै शोक व्यक्तव्य जारी गरिएको छ ।नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेकबहादुर रोकायाद्धारा हस्ताक्षरित शोक व्यक्तव्यमा काँग्रेस नेता तथा पाटीका कोषध्यक्षकी आमाको निधनले पाटी स्तव्ध भएको शोक व्यक्तव्यमा भनिएको छ । पाटीले एक क्रियाशिल कार्यकर्ता गुमाएको प्रति समवेदना प्रकट गरेको व्यक्तव्यमा लेखिएको छ ।नेपाली काँग्रेस बाजुराले कोषाध्यक्ष नारायण पाध्यायकी आमाको निधन प्रति श्रद्दाञ्ली अपर्ण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोकसन्तव्ध परिवारजनमा समवेदना व्यक्त गरेको छ ।