धनगढी-कैलालीमा एक बालिका बलात्कृत भएकी छिन्। जिल्लाको चुरे गाउँपालिकाकी ११ वर्षीया बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
बालिका बलात्कारको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार शनिबार जंगल गोठालो गएका बेला शाहले बालिकामाथि करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको बताइएकाे छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले बताए ।
श्राेत दिनेश खबर