बाजुरा– वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट आफु अब्बल ममेयर पदको लागी उम्मेद्वार रहेको नेता रनसिंह बहादुरअयडीले दावी गरेकका छन् । नेता आयडी यतिखेर घरघर जाँउ काँग्रेस जिताँउ अभियाँनका साथ घर दैलोमा छलफल कार्यक्रम तथा कार्यकर्ता भेटघाट अभियानमा तिब्र रुपमा खटिएका छन । यसै क्रममा बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा युवानेता रनसिंह अयडीले आफ्नो उम्मेदवारी मेयरका लागि रहेको घोषणा गरेका छन् ।
यस्तो छ नेता अयडीको राजनितिक घटनक्रम
नेता अयडी नेपाली कांग्रेस बाजुराको पूर्व जिल्ला कार्य समिति सचिव पनि हुन् । नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट सक्रिय भएका रनसिंह २०५४ सालमा रत्न मावि सेलिफाल बाजुराका इकाइ सचिव भएका थिए । नेता अयडीले २०५६ सालमा माओबादीको आरोप लागेर कैलालीमा एकरात यातना सहित हिरासतमा विताएका थिए । नेता अयडी २०५९ सालमा कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी साहित्य प्रतिष्ठानका सदस्य, २०६१ सालमा कैलाली उनी बहुमुखी क्याम्पसको इकाइ समिति हुँदै २०६१ मै कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघको चुनाव समेत लडेका थिए ।
२०६२÷०६३ सालको जनआन्दोलनमा समेत उनी सक्रिय रूपमा लागेका थिए । २०६६ सालमा जनउत्थान साहित्य दपर्णको प्रधानसम्पादकाका रूपमा काम गरेको रनसिहं २०६७ सालमा युवा सञ्जाल बाजुराको अध्यक्ष भए । उनले त्रिवेणीका युवा तथा सम्पूर्ण आम जनताको मुहार फेर्न र युवाहरूलाई स्वरोजगार, व्यवसायी, सीपमूलक, एक घर एक उद्दमशीलता जस्ता युवा लक्षित कार्यक्रम सहितका एजेण्डा बोकेर अगाडि बढेको बताए ।
त्रिवेणी नगरपालिका विकासका लागि युवा नेतृत्वको खाँचो रहेको बताउँदै नगरको नेतृत्वका लागि अगाडि बढेको रनसिंहको भनाइ छ । उनले सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बडीमालिका, नाटे्श्वरी लगायतका पर्यटकको सम्भावनाको उजागर गरी त्यसको डिपिआर बनाउने पनि आफ्नो प्रमुख मुद्दा रहेको बताए ।
उनले भने, ‘२०७४ को निर्वाचनमा नगरको प्रमुख दावेदारका रूपमा अगाडि बढेको हुँ । पार्टीको वरिष्ठ नेता नै अगाडि बढेपछि अन्तिम समयमा पछाडि सरेको थिएँ । यस पटक मेरो उम्मेदवारी स्वतः भएको छ ।’
त्रिवेणी नगरपालिका कांग्रेसको गढ भएको क्षेत्र हो । २०७४ को निर्वाचनमा कांग्रेसका रामसिंह रावल मेयरमा निर्वाचित भएका थिए ।