
बाजुरा-नेपाल पत्रकार महासंघले ६६ बसन्त पार गरि ६७ बर्षमा प्रवेश गरेको अवसरमा नेपाल पत्रकार महासंघ बाजुराले बिरामिलाई फलफूल वितरण गरी ६९ औ स्थापना दिवस मनाएको छ । महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामिलाई अस्पतालमै पुगेर फलफूल वितरण गरि आफ्नो स्थापना दिवश मनाएको हो ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष पदम सिंहको अध्यक्षतामा संचालन भएको फलफुल बितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाजुरा(बझाङ शाखाका संस्थापक अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित रहनुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा लगाएत जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष संगिता तिमिल्सिनाले गर्नुभएको थियो ।स्थापना दिवसकाे अवसरमा गरिएकाे फजफुल बितरण कार्यक्रम बिरामिहरूकाे स्वास्थ्य लाभकाे कामना गर्दैँ एक औपचारीक कार्यक्रमका बिच सम्पन्न गरिएकाे नेपाल पत्रकार महासंघ बाजुराले जनाएकाे छ ।












