
बाजुरा– स्वच्छ खाँने पानी, स्वच्छ बिद्यालयको वातावरण र सुविधायूक्त छात्रछात्रा अलग अलग शौचालय भएको बिद्यालयलाई पुर्ण रुपमा तिनतारे विद्यालय भनिने गर्दै छ । यि तिन वटै चरणहरु पुरा भई जिल्लाको बडीमालिका नगरपालिका ६ मा रहेका नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयलाई बुधबार एक कार्यक्रमका साथ तिन तारे बिद्यालयमा घोषणा भएको छ ।

सदरमुकाम मार्तडीबाट करिव ४ किलोमिटरको दुरीमा रहेकोभ जडाङ्गामा अवस्थित नेपाल राष्ट्रिय माद्यामिक विद्यालयलाई तिनतारे विद्यालय घोषणा गरिएको हो । तीन तारे विद्यालय हाम्रो ज्ञान, विद्यार्थी शिक्षक र अभिवाभव सबैको स्वाभिमान भन्ने मुल नाराका साथ आज एक औचारिक कार्यक्रमका साथ घोषणा गरिएको हो ।

युनिसेफ नेपाल, बडीमालिका नगरपालिका, साहस नेपाल र आइडीयस नेपालको सहयोगमा उक्त कार्यक्रमहरु सम्भव भएका हो । बिशेषतः युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा शौचालय, खानेपानीको धारा र स्वच्छ वातावरण बनाउनमा ठुलो भुमिका रहेको छ ।

विद्यालयमा बालमैत्री वातावरणमा शिक्षण गर्न सहज भएको, स्वच्च खानेपानीका धाराहरु निर्माण भएको र अपाङ्ग तथा छात्रछात्रा अलग अलग शौचालयको उचित ब्यबस्था भएकोले विद्यालयलाई एक कार्यक्रमका साथ मंगलबार तिनतारे बिद्यालयका रुपमा घोषण गरिएको हो ,। विद्यालयमा नव निर्मित बालमैत्री छात्र तथा छात्रका लागि अलग–अलग प्रयोग हुने गरी निर्माण गरिएको शौचालयको पनि उद्घाटन गरिएको हो ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले एक कार्यक्रमका बिच तिन तारे बिद्यालय घोषणा गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख पदम बडुवाल, बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्ट शिक्षक बिद्यार्थीको सहभागिता रहेको थियाे ।











