
बाजुरा- बाजुराको बडिमालिका नगरपालिका ८ नम्मर वडामा काँग्रेसमा प्रवेश गर्ने लर्को लागेको छ । बुधबार उक्त वडाका ३४ जना एकैदिन प्रवेश गरेपछी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको हो । बिगत लामो समय देखी नेकपा एमालेमा रहदै आएका ६४ जना नेपाली काँग्रेसमा प्रवेश गरेको बडिमालिका नगरपालिकाका वडा नम्मर ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।
नेकपा एमालेका काम र सिद्धान्तलाई मन नपाएर लामो समय देखी एमालेमा रहेदै आएका अंगे रावल लगाएत ३४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । प्रवेश गर्नेमा उक्त ८ नम्मर वडाका अंगे रावलको परिवारबाट १० जना , धनसिंङ रावलको परिवारबाट ७ जना र रमेश थापाको घरपरिवारबाट ९ जना गरी ३४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुले अव आजका दिनबाट नेपाली काँग्रेसको निती , सिद्धान्तमा रही काम गर्ने प्रतिवद्धता जनाएका छन् । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस पुर्व पार्टी सभापती रामसिंह रावल, हिमाली गाउँपालिकाका अध्यक्ष एवम् काँग्रेस पुर्व उपसभापती गोविन्द्र मल्ल,महाधिवेशन प्रतिनिधी कर्ण थापा, तरुण दल बाजुराका अध्यक्ष कुम्भनाथ योगी , दलित संघ बाजुरा अध्यक्ष भिम नेपाली ,वडा अध्यक्ष प्रकाश रावल लगाएतका नेता तथा कार्यकर्ताहरुले अविर सहित खादा लगाएर स्वागत गर्नुभएको छ ।
किनारा न्युजबाट साभार











