युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
406 पटक पढिएको

बाजुरा– संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल पछिको बाजुरा सदरमुकाम मार्तडीले निकै नै मुहार फेरेको छ । २०७४ सालको स्थानिय निर्वाचन पश्चात बडीमालिका नगरपालिकाको मेयरमा पदम बडुवाल र उपमेयरमा कविता बिष्ट विजयी हुनु भएको थियो । नेपाली काँग्रेसबाट बिजयी उम्म्मेद्वारका प्रतिस्प्रधि नेकपाबाट गगन रावल मेयरका प्रत्यासी र गीता रावल उपमेयरकी प्रत्यासी थिइन ।

समृद्व नगर सुखी नगरवासीको नाराका साथ नेपाली काँग्रेसबाट बिजयी मेयर पदम बडुवाल बिकासको गतिमा बिभिन्न सुत्रहरु प्रयोग गर्दै गए । बिगत दश वर्षिय जनयूद्वबाट पिरोलिएको नेपालले नै मुहार फेरेको छ ।

सुदुरपश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकामसँगै जोडिएको नगरपालिका हो बडीमालिका नगरपालिका । जहाँ विकासै विकासले घेरिएको देखिन्छ । स्थानिय सरकार आइसकेपछि बडिमालिका नगरपालिकाले विकासको निकै फड्को मार्याे। जिल्लाको ९ वटै पालिका भन्दा बडिमालिका नगरपालिका विकासको हिसावले हेर्दा निकै अगाडी छ । नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निणर्य अनुसार बडीमालिकालाई जिल्लाकै पहिलो नगरपालिकाका रुपमा घोषणा गरिएको थियो ।

धार्मिक आस्थाको केन्द्र विन्दु मानिने बडीमालिका माताको नामबाट नगरपालिकाको नामाकरण गरिएको थियो । ९ वटा वडा भएको बडीमालिका नगरपालिकामा ३ हजार १ सय २९ घरधुरी रहेका छन् भने कुल जनसंख्या १७ हजार २ सय २७ रहेको छ । यस नगरपालिकामा झन्डै ३० प्रतिशत घरधुरीहरु गरिवीको रेखामुनी रहेका छन् ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये बाजुराको सदरमुकाम मार्तडीसँगै जोडिएको बडीमालिका नगरपालिकामा २०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । असार १७ गते आएको नतिजा अनुसार बडीमालिका नगरपालिकामा नेपाली काँग्रेसका पदम बडुवालले २९ सय ४० मत सहित नगर प्रमुखमा विजयी हासिल गरे ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका गगन रावल २९ सय २ मत ल्याएर पराजित भएका थिए । त्यस्तै उप–प्रमुखमा काँग्रेसकै कविता कुमारी विष्ट २९ सय ४५ मतसहित विजयी भएकि थिईन् भने उनकी निकटतम् प्रतिद्धन्दी एमालेकी गिता रावल २८ सय ५२ मत ल्याएर पराजित भएकि थिईन् । बडीमालिका नगरपालिकाका मतदातालाई आकर्षित पार्न उनीहरुले नगरपालिकालाई “समृद्व नगर, खुसी नगरवासी बनाउने प्रतिवद्धता जनाएका थिए ।

नगर प्रमुख बडुवाल र उप–प्रमुख कविता विष्टलाई नगरबासीले चुनावी प्रतिवद्धता र घोषणा पत्रमा विश्वास गरेर चुनाव जिताए । त्यी प्रतिवद्धता पुरा गरेको नगरपालिकाको विकासले चिनाउन्छ । निर्वाचन जितेर आईसकेपछि नगर प्रमुख बडुवाल र उप–प्रमुख कविता विष्टले बाचा गरेका थिए , “समृद्व नगर, खुसी नगरवासी ” नगर प्रमुख बडुवालले यसरी त्यी बाचा पुरा गरे , ई–बडीमालिका नगरपालिका , नगरका ९ वटै वडाका स्वास्थ्य संस्था र विद्यालयमा नेटइन्टरनेट सहितको संचार सुविधा प्रत्येक वडामा गरे ।

त्यस्तै उनले उज्यालो बडीमालिका नगरका ९ वटै वडामा विजुली बतिको व्यवस्था गर्नुका साथै गन्तव्य बडीमालिका , नगरका सवै वडाका केन्द्रसम्म सडक संजाल जोड्नुभयो । सफा र सुन्दर बडीमालिका ,मार्तडी बजार भित्रको मुहार परिवर्तनः बजारभित्र खुल्ला सडक , मार्तडी बजार भित्रको फोहर मैला व्यवस्थापन , नगरका सवै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना समेत उहाँले गर्नुभयो ।

नगर प्रमुख बडुवालले पाँचवर्षे कार्यकाल भित्र गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममा ५ वर्षमा ४ सय नयाँ उद्यमी सिर्जना गरे । सुरक्षित नागरिक आवास कार्यक्रममा १ सय १ जना लाभान्वित भएका छन् । नगरप्रमुख बडुवाल भन्नुहुन्छ बाकी मैले गर्नुपर्ने कामहरु थुर्पै अधुरा छन् । तर पनि नगरपालिकामा आफु आईसकेपछि धेरै विकास भएको बताउन्छन् । यता नगरपालिकामा जनप्रतिनिधि आईसेकपछि जनताका आवश्यकता सबै पुरा नभएपनि केही आवश्यकताहरु पुरा भएको बडिमालिका नगरपालिका वडा नम्मर ३ रजालीकी स्थानिय रमिता खड्का बताउन्छन् ।

रमिता भन्नुहुन्छ स्थानिय सरकार नआउनु भन्दा पहिला हामीले निकै दुख भोग्नु पर्थो , तर स्थानिय सरकार आइसकेपछी हाम्रो बडिमालिका नगरपालिकामा शिक्षा, स्थास्थ्य देखी लिएर सडक , संचार , विजुलीबक्ती लगाएतका कामहरु पुरा भएको बताउन्छिन् । छाउभएको समयमा हामीले घर भन्दा डाढा बस्नु पर्ने अवस्था थियो तर अहिले त्यो बाध्यता नरहेको समेत खड्का बताउन्छन् । यस्तै सोही नगरपालिका वडा नम्मर ५ मनाका राजेन्द्र विकले भने नगपालिकाले विकासको फड्को मारेका बताए ।

मेरो गाँउमा स्थानिय सरकार नआउदा अगाडी निकै समस्या थियो,सडक थिएन् , पानी थिएन् तर स्थानिय सरकार आईसकेपछी सबै समस्या हल भएको बताउनुहुन्छ । गोपाल रावल पनि बडिमालिका नगरपालिका वडा नम्मर ८ का स्थानिय हुन । उनले पनि भने पाँच बर्ष भित्र हाम्रो बडिमालिका नगरपालिका भित्र सबै विकास भएको बताए । केही साना तिन काम नभएपनि प्रायः सबै विकास भएको बताउनुहुन्छ । नगरपालिकाले पाँच वर्षको अवधिमा १० पटक नगरसभा सम्पन्न गरेको छ । त्यस्तै नगर कार्यपालिका बैठक ७९ पटक, कानूनहरु  ७१ ( ऐन २९, नियमावली ३, निर्देशिका ८, नीति ३, मापदण्ड २, रणनीति १ र कार्यविधि २५ वटा तयार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!