बाजुरा– स्थानिय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरीको छनौट प्रक्रिया भैरहेको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराले पनि चैत्र ६ गते देखि म्यादी प्रहरीको भर्ना शुरु गरेको थियो ।

देश भरी एक लाख म्यादी प्रहरी भर्नाका लागि दरखखास्त आवाहन गरिएको थियो । जस मध्य बाजुरा जिल्लाका लागि कुल ६८८ जना म्यादी प्रहरी पदका लागि दरखास्त खखुलेको थियो । म्यादी प्रहरीका लाथि ६ दिन सम्म दरखास्त दिने म्याद राखिएको थियो । चैत्र ११ गते सम्म जम्मा १६ शय जतिको दरखास्त परेको थियो ।

बैसाख ३० गते हुने स्थानिय निर्वाचनका लागि म्यादी प्रहरीको उमेर हद १८ बर्ष पुरा भै ५४ बर्ष ननाघेको हुनु पर्ने उमेर मापदण्ड राखिएको थियो भने साधारण लेखपढको शैक्षिक योग्यता तोकिएको थियो । ब्यापारी देखि बिद्यार्थीहरुले म्यादी प्रहरीका लागि दरखास्त दिएका छन ।

जसमा शैक्षिक योग्यताक्रम साधारण लेखपढ मात्र राखे पछि सामान्य लेखपढ गर्ने देखि डिग्री सम्म पास गरेका युवाहरुको म्यादी प्रहरीका लागि दरखास्त दिनेको लाम लागको पाइएको छ ।

चैत्र १७ गते स्वास्थ्य परिक्षण तथा दौडको अन्तिम परीक्षा भएको छ । कुल दरखास्त मध्ये दुई भाग उम्मेद्वारहरुलाई आउट गराउनु पर्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सबै परीक्षा पुरा गरी चैत्र २२ गतेबाट अन्तिम नतिजा प्रकाशन गरी म्यादी प्रहरीको तालिम सूरु हुने भएको छ ।












