कञ्चनपुर-कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका कुन्डाका २७ वर्षीय गणेश साउँदको डुबेर मृत्यु भएको हाे ।
बुधबबार भीमदत्त नगरपालिका–९ मा पर्ने कालिताल झरनामा नुहाउने क्रममा साउँद तालमा डुबेको र उपचारका लागि महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।। साउद महेन्द्रनगरको बसपार्कस्थित एक होटलमा कार्यरत थिए। आज उनी कर्मचारीहरुसँग पिकनिक गएकाे बताइएकाे छ ।
श्राेत दिनेश खबर