
बाजुरा-नेपाली काँग्रेस बाजुराको पार्टी प्रवक्तामा रमा कुमारी रावल मनोनित गरिएकाे छ । काँग्रेसको बुधबार बसेको बैठकले पत्रकारिता क्षेत्रबाट राजनितिमा प्रवेश गरेकी रावललाई सर्व सहमतीले प्रवक्तामा मनोनित गरिएकाे हो ।
पार्टीले गरेको जिल्लाका गतिविधीलाई संचार माध्यममा पु¥याउनका लागि पार्टी पवक्तामा रावललाई मनोनित गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
नेपाल प्रेस युनियनकी केन्द्रीय पार्षद तथा नेपाल पत्रकार महासंघ बाजुरा शाखा निवर्तमान नेपाल महिला उपाध्यक्ष हुदै नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समिति सदस्य रावललाई प्रवक्तामा जिम्मेवारी दिइएको पार्टी सचिव तिलकराज पुरीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार पार्टीको बैठक जारी रहेकाले पार्टीका विभिन्न विभागहरु गठन भएको भएपनि अन्तिम निर्णय हुन बाकी रहेको बताए । काँग्रेसको बैठक १८ गते बस्ने गरी स्थगित गरिएको बताइएको छ ।











