बाजुरा– कोरोना भाइरस को दोस्रो लहर बढिरहेका बेला घरेलु तथा साना उद्योग विकास कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
कोरोना भाइरसको कहरमा घरेलु तथा साना उद्योग विकाश कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराको सयुक्त टोलिले बुधबार पनि बुढिगंगा नगरापालिको डाब बजार,रिठा बजार,देताल्माण्डौ बजारमाअनुगमन गरिएको छ । अनुगमनका क्रममा एक लाख ५० हजार मुल्य बराबरको अखाद्य बस्तुहरु जफत गरि नष्ट गरिएको छ ।
बजार अनुगमनको क्रममा म्याद नाघेका केहि अखाद्य बस्तु नष्ट गर्नुका साथै दर्ता नभएका पसलहरु केहि दिन भित्रै दर्ता गर्न अनुरोध गरेको छ ।
कोरोना भाईरसको बेला गरिएको निषेधाज्ञाको अवस्थामा कृत्रीम अभाव सृजना हुन नदिन र कालो बजारीलाई नियन्त्रण गर्नका लागी बाजुरा जिल्लाका प्रमुख बजारहरुलाई अनुगमनमा तिब्रता दिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका बाजुराका कार्यलय प्रमुख मान बहादुर चाटले बताएका छन् ।
बजार अनुगमनका क्रममा केहि व्यापािरिहरुले मुल्य सुचि नराखेका र खरिदबिक्री सामानहरु जथाभावि राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गर्नुका साथै कुनै पनि माल सामान खरिद बिक्री गर्दा ब्यापारि तथा ग्रहाकले म्याद हेरेर खरिद बिक्री गर्न पनि आग्रह गरेका छन ।
बजार अनुगमनमा म्याद नाघेका जुस २५ पेटी, सुजि ४६ प्याकेट ,सरफ १४ प्याकेट,टफी १४ प्याकेट,१ डिब्बा अजीना,एक पेटी पुजा साबुन, १६ डिब्बा सोनपापडी,१९ पेटी चाउचाउ, १ पेटी सुर्ति,१ पेटी अण्डा,५७ क्वाटर मदिराका बोतल,३पेटी स्स,५डिब्बा मिठाइ,१पेटी डिस्टिवाटर जस्ता अखाद्य बस्तुहरु जफत गरि बुढिगंगाको ताप्रीसेरमा नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास कार्यालयका कार्यलय प्रमुख मान बहादुर चाड जिल्ला प्रशासन कार्यलय राम कुमार चौधरी ,बुढिगंगा नगरपालिकाका उप–प्रमुख तारा खाति,पत्रकार महासंघका अध्यक्ष छक्क मल्ल ,घरेलुका पदम बहादुर ऐर,दिप सिँह भण्डारी, प्रेम बहादुर थापा,सुरक्षाकर्मी लगायतको रोहबरमा उक्त एक लाख पचास हजार मुल्य बराबरको सामनहरु नष्ट गएिको हो ।