बाजुरा– आसन्न बैसाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि यति खेर निकै नै प्रचार प्रसारको चटारो चलिरहेको छ । यसै क्रममा नेपाली काँग्रेसका युवा नेता एबम दलित अधिकारकर्मी भिम बहादुर नेपालीले पनि आफ्नो उम्मेद्वारी खप्तड छेडेदह गाँउपालिकाको अध्यक्ष पदका लागी रहेको बताएका छन ।
शुक्रबार रेडियो पौरखीको पौरखी बहसमाा बोल्दै उहाले आफुले २०७४ सालको स्थानिय निर्वाचनमा पनि अध्यक्षका लाागि आकाँक्षा राखेको बताएका छन् । दलितहरुका सवालहरुको आवाज उठाँउदै आएका नेता नेपाली पनि आफुले गाँउपालिकाको अध्यक्षामाा चाँसो राखेको बताउछन ।
नेपाली काँग्रेस खप्तड छेडेदह गाँउपालिकाको छैठौँ अधिबेशनबाट गाँउकार्य समिति सभापति हुँदै हाल उनी नेपाल दलित संघको जिल्ला अध्यक्ष पदमा रही आएका छन । नेपाली काँग्रेसका हरेक भाातृ तथा सुभेच्छुक संस्थाबाट आफ्नो राजनितिमा योगदान गर्दै आएका नेता नेपाली काँग्रेस भित्रको एक अब्बल र युवाहरुको आसा भरोसाको केन्द्र बिन्दुको रुपमा रहेको बतााउछन ।