
बाजुरा- दुईदिने निशुल्क स्वास्थ्य सिविर जिल्ला अस्पताल बाजुरामा सम्पन भएको छ । बिहिबार अर्थात हिजोबाट संचालन भई आज सम्पन भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । स्वास्थ्य मन्त्रालय कार्यक्रम अन्तरगत नेपालगन्ज मेडिकल कलेज र सुदुरप्रश्चिम स्वास्थ्य निर्देशनालयको आयोजना तथा जिल्ला अस्पताल बाजुराको समन्वय निशुल्क स्वास्थ्य सिविर जिल्ला अस्पताल बाजुरामा हिजो बाट सुरु गरिएको थियो ।बिषेशज्ञ निशुल्क सिविरमा नाक, कान र घाँटीको समस्या भएका बिरामीहरुलाई उपचार गरिएको नेपालगन्ज मेडिकेल कलेज कार्यक्रम संयोजक राम बहादुर मल्लले बताउनुभयो । उहाँका अनुशार जिल्लामा सोच जती नागरिक उपचार गर्न नआएको बताइएको छ ।
दुईदिने निशुल्क सिविरमा जम्मा २ सय ९ जनालाई उपचार गरिएको कार्यक्रम संयोजक मल्लको भनाई रहेको थियो । त्यसमध्य यस सिविरमा उपचार सम्भव नभएको र अप्रेसन गर्नुपर्ने भएकाले ३१ जनालाई बयालपाटा हस्पिटलमा रिफर गरिएको उहाँको भनाई छ । २९ जना कानको र २ जना घाँटीको समस्या भएका बिरामी रहेका छन् ।त्यस्तै तिमध्य नाकको हड्डी बाँगो भएका ९ जनालाई कोहल्पुर मेडिकल कलेज नेपालगन्जमा रिफर गरिएको छ । बयालपाटा रिफर गरिएका बिरामीहरुलाई यहीँ २२ , २३ र २४ गते सल्यक्रिया गरिने समेत जनाएको छ । यदी जिल्ला अस्पताल बाजुरामा उपचार गराउन छुटेका बिरामीहरुले बयापाटामा पनी सेवा लिन सक्ने कार्यक्रम संयोजक राम बहादुर मल्लले आग्रह गर्नुभएको छ ।
जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा समापन गरिएको पत्रकार सम्मेलन कार्यक्रमका जिल्ला अस्पताल बाजुराका प्रमुख अथिती डाक्टर प्रकाशराज जोशी प्रमुख अथिती रहनु भएको थियो ।त्यस्तै कार्यक्रममा डाक्टर कुमार श्रेष्ठ,प्रजवल शर्मा , नेपालगन्ज मेडिकेल कलेजका कार्यक्रम संयोजक रामबहादुर मल्ल ,पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदम सिंह, प्रेस चौतारीका केन्द्रिय सदस्य बशन्त बिश्वकर्मा लगाएत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपबहादुर गिरीले गर्नु भएको थियो ।











