बाजुरा– स्थानिय तह निर्वाचन २०७९ को लागी जिल्लाको बुढीगंगा नगरापलिकामा ११ जनाले मेयर पद र ५ जनाले उप मेयर पदका लागि उम्मेद्वारी दिएका छन । राजनितिक दलले उम्मेदु्वारी दर्ता खुल्ला गरे पछि बिभिन्न तहका लागि जनप्रतिनिधीमा उम्मेद्वारी दिने क्रम बढी रहेको छ । यसै क्रममा शनिबार बुढी गंगा नगरपालिको मेयर र उपमेयर पदका लागि पनि उम्मेद्वारी दर्ता भएको छ ।
११ जनाको मेयर पदमा उम्मेद्वार रहेको छ । जसमा रंग बहादुर खाती, शेर पहादुर खाती, तिलकराज पुरी, सुरत शाह, मान बहादुर रावल, गुरुदेव के.सी. (सुमन), राजेन्द्र शाह (बि.पी.) हर्क खडायत, योगेन्द्र रावल, तपेश रावल र जयराज उपाध्यायले मेयर पदका लागि उम्मेद्वारी दिएका छन । त्यस्तै उपमेयर पदका लागि तारा खाती, रिता शाही, पुजा खाती (खड्का), जानकरी थापा र दिस्य कुमारी शर्माले उम्मेद्वारी दर्ता गरेकी छन ।
यता नि.वर्तमान मेयर दिपक बिक्रम शाहले भने बिट मारेको पाइएको छ भने उपमेयर तारा खातीले पुनः दोहोरीने चाँसो राखेकी छन । हुन त बिगतको ५ बर्षिय कार्यकालमा बुढीगंगा नगरपालिकामा केही रोह अवरोहहरु आएका थिए त नगरपालिकामा जनप्रतिनिधीहरुबाटै तालाबन्दी लागेको पाइएको थियो । तत्कालिन नगरपालिकाका प्रमुख र उपप्रमुखबाट काम नभएको स्थानियहरुबाट आरोप आउने गरेको थियो । अब आउने जन प्रतिनिधीहरुले बुढीगंगा नगरपालिकाको मुहार फेर्नमा योग दान पुर्याउन सबैले चाँसोको बिषयमा लिएका छन ।
को बन्ला त मेयर तथा उप मेयर ? जनताको चाँसो । कस्तो राजनितिक पृष्ठभुमी कति र कस्तो ?
रंग बहादुर खाती
शिक्षण पेषाबाट खुल्ला राजनितिमा आएको एक अनुहार हो रंग बहादुर खाती । नेता खातीले बिगत लामो समय सम्म भानुदय उच्च माद्यामिक बिद्यालयमा प्राचार्यको रुपमा काम गर्दै राजनितिमा आएक थिए । शिक्षण पेषा संगै नेपाल शिक्षक संघ बाजुराको बिभिन्न पदमा रहेर नेपाली काँग्रेसको संगठन सुदृढिकरणमा ठुलो यागदान गर्दै आउनु भएको छ । उनी हाल नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनबाट बाजुरा जिल्लाको प्रदेश क्षेत्र (ख) को सभापतिमा अर्का सभापतिका प्रतिस्पर्धी देव बहादुर रोकायालाई अत्याधिक बहुमतले हराउदै बिजयी भएका थिए । यसै क्रममा उनले स्थानिय निर्वाचन २०७९ बैसाख ३० गतेका लागि बुढीगंगा नगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी दिएका छन ।
शेर बहादुर खाती
नेता शेर बहादुर खाती नेपाली काँग्रेसको राजनितिमा बिगत लामो समय देखि नै बिभिन्न कालखण्डमा बिभिन्न पदमा रही काम काज गर्दै आउनु भएका एक कुशल राजनितिज्ञका रुपमा चिनिन्छन । उनले बिद्यार्थी राजनितिबाटै आफ्नो राजनिति यात्रा तय गरेका थिए । उनलाई बाजुरेली जनताहरुले एक सक्षम नेतृत्वका रुपमा चिन्ने गरेको छ । उनले पनि आसन्न २०७९ साल बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनक लागि बुढीगंगा नगरपालिकाको मेयर पदका लागी उम्मेद्वारी दिएका छन ।
तिलकराज पुरी
नेता तिलक पुरी पनि नेपाली काँग्रेस बानुराको स्क अब्बल नेताको रुपमा परिचित नेता हुन ।उनले कुनै पनि जागीर र पेषाको लोभलालच नगरी लामो समय सम्म बिद्यार्थी राजनितिबाटै आफ्नो. राजनितिक यात्रा सूरु गरेका थिए । नेता पुरी नेपाली काँग्रेसको बिभिन्न पदमा रही योगदान गर्दै आएका थिए । उनी नेपाली काँग्रेसको छैठौं जिल्ला अधिबेशनबाट सचिव पदमा पराजय भएका थिए । यसै क्रममा नेता पुरी नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनबाट भारी मतमा जिल्ला कार्य समितिको सचिव पदमा विजयी भएका थिए ।यदि बुढीगंगा नगरपालिकाको मेयर पदको टिकट पाँउने हो भने नेता पुरी मेयर पदमा जित्न सक्ने परवल सम्भावना रहेको पाइन्छ ।
सुरत शाह
नेपाली काँग्रेसको बिरासत राजनितिको एक नाम हो सूरत शाह उनले बिद्यार्थी राजनितिबाटै आफ्नो राजनितिक यात्राको तय गरेका थिए । उनी नेपाल बिद्यार्थी संघ बाजुराको अध्यक्ष हुँदै जिल्ला कार्य समिति सम्मको राजनितिमा पोक्त नेताको रुपमा चिनिन्छन ।
मान बहादुर रावल
नेपाली काँग्रेस बाजुराको राजनितिमा सबै भन्दा बढी लामो समय सम्म जिल्ला कार्य समिति सभापतिको पद बाहाली गर्ने नेता हुन मन बहादुर रावल । नेपालमा द्वन्द कालिन समय देखि नै उनी नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति पदमा काम गर्दै आएका थिए । करिव २४ बर्ष सम्म नेपाली काँग्रेस जिल्ला कार्य समिति सभपति पदमा रहेका नेता रावलले २०७० सालको संविधान सभाको निर्वाचनमा हार बेहोर्नु परेको थियो । उन बाजुरा जिल्लाको एक् कुशल राजनितिज्ञका रुपमा चिनिन्छन । २०७० सालको स्थानिय निर्वाचनमा उनले नेता देवराज जोशीले पाएको संसदको टिकट खोसे पछि नेता पदम शाही र उनी बिचको दुरी टाढिएको थियो भने नेता पदम शाही २०७० साल मै नेपाली काँग्रेस परित्याग गरी नेकपा माओवादीमा प्रवेश भएका थिए । यसै क्रममा उनले पनि २० नेता पदम शाहीलाई हराउने खेलले नेता रावल पनि पदम शाहीले टिकट पाँउदा नेपाली काँगेसलाई धेका दिएका थिए । यसरी यि दुइ नेता विच भएको चर्काचर्कीले दुबै नेताको बिश्वास गर्न बाजुरेली जनताले छेडेका छन । नेपाली काँग्रेसको छैठौँ जिल्ला अधिबेशनमा उनी महाधिबशन प्रतिनिधीमा पराजित भएका थिए । भने नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा विजयी भएका थिए ।
गुरुदेव के.सी. (सुमन)
युवा नेता गूरुदेव के.सी. (शुमन) एक युवा नेताका रुपमा परिचित नेता हुन । बुढी गंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भुवन के.सी.का छोरा शुमन बिद्यार्थी राजनिति देखि नै युवाहरुको नेनृत्व गर्दै आएका एक कुशल नेताको रुपमा पचिनिन्छन । उनी नेपाली काग्रेसका भातृसंघहरुमा रही कामकाज गर्दै आएका छन । नेता शुमन नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा बिजयी भएका थिए ।
राजेन्द्र शाह (बि.पी.)
नेपाली गीत संगीतको फाँटमा निकै नै चर्चामा आएको एक राजनितिज्ञको नाम हो राजेन्द्र शाह बि.पी. । ननेपाली काँग्रेस बाजुराका हरेक पदमा रही लामे समय सम्म बाजुरे,ली जनताको सेवा गर्दै उनीले हाल बुढीगंगा नगरपालिकाको मेयर पदको लागी उम्मेद्वारको घोषणा गरेका छन । हजारौँ शुदुपश्चिमेली देउडा गीतहरुमा शब्द संगीत गरेका नेता बि.पि. लाई एक कुशल साहित्यकारको रुपमा प्रायः चिन्ने गर्दछन । नेता बि.पी. छैठौँ जिल्ला अधिबेशनबाट नेपाली काँग्रेस जिल्ला कार्य समितिको सहसचिबमा बिजयी भएका थिए भने सातौँँ जिल्ला अधिबेशनमा उनी जिल्ला कार्य समितिमा पराजित भएका थिए ।
हर्क खडायत
बिभिन्न बिधामा एक अब्बल ब्यक्तिको रुपमा चिनिने हर्क खडायत पनि नेपाली काँग्रेस बाजुराको एक कुशल नेताको रुपमा स्थापित भएका छन । बाल्यकाल मै गीत संगीत प्रति रुचि राख्ने खडायतले दर्जनै गीतहरुमा आवाज दिएका छन । पढाइमा पनि सबै भन्दा अब्बल उम्मेद्वार उनलाई मानिन्छ । कानुन शास्त्रमा उनले बि.एल. सपास गरि सकेका छन । उनीले नेपाल साँस्कृतिक संघ देखि पाटीका हरेक भातृसंघका पदहरुमा रही लामो समयसम्म योगदान गर्दै आएका छन । नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनबाट उनी महाधिबेशन प्रतिनिधीमा बिजयी भए पश्चात खुला राजनितिम आएका हुन । पेषाले उनि कानुन व्यबसायी रहेका छन ।
योगेन्द्र रावल
बाजुरेली जनताको एक होनहार युवा नेता योगेश रावल पाटीको हितका लागि केन्द्र देखि जिल्ला सम्म योगदान गर्ने सबै भन्दा अब्बल नेताके रुपमा परिचित छन । उनी त्रिभुवुन बिश्वबिद्यालयको सोभ्यू सचिबमा रही केन्द्र देखी जिल्ला सम्म हुँने हरेक अनियमितिता तथा बिद्यार्थीहरुका हक अधिकार बञ्चित हुने समय आइ पर्दा सडकमा खुला ज्यानको वाजी राखेर कडा बिरोध गर्ने नेताहरुमा पहिलो नम्बरमा आउने गर्दछन । काठमाण्डौमा अध्यायनरत रहदा नेपाली काँग्रेस प्रतिपक्षमा रहेके समयमा सरकारले गरेका अराजकता कामहरुको भंगाफोड गर्दै सडक तताउने गर्दथे । उनलाई कयौँ पटक प्रहरीले गिरफ्तार समेत गरेर हिरासतमा बसेका थिए । नेता योगेन्द्र रावल सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा बिजयी भएका थिए ।
तपेश रावल
सानै उमेर देखि राजनितिमा चाँसो राख्ने बाजुराा एक चर्चित युवा नेता तपेश रावलको राजनिति पत्रकारिताबाट शुरु भएको थियो । उनि सानै उमेर देखी पत्रकारिता मन पराउथे भने उनको राजनितिक यात्रा नेपाल प्रेस यूनियनबट सूरु भएको थियो । २०७० सालमा नेपाल प्रेस यूनियन जिल्ला कार्य समिति बाजुराको सहसचिब हुादै नेपाल बिद्यार्थी संघको राजनितिमा आएका थिए । बढीमालिका क्याम्पस फा,लाशैनमा अध्यायनरत हुँदै गर्दा उनी स्वभ्यू उपसभापति समेत भएका थिइ । निडर तथा साहसी युवा नेता तपेश रावल पछिल्लो समयमा नेपाली काँग्रेसको खुल्ला राजनितिमा आएका छन ।
जयराज उपाध्याय
नेपाली काँग्रेस बुढीगंगा नगरपालिकाको नगर सभापति जयराज उपाध्याय पनि बाजुरा काँग्रेसका लागि निकै नै अब्बल र साहसी युवा नेताको रुपमा परिचित नेता हुन । उनले बिद्याथी राजनितिबाटै आफ्नो राजनितिक यात्रा सूरु गरेका थिए । नेपाली काँग्रेसको सातौँ जिल्ला तथा नगर अधिबेशनबाट उनी नेपाली काँग्रेस बुढीगंगा नगरकार्य समितिको सभापतिमा बिजयी भएका थिए ।
त्यस्तै उपमेयर को बन्दै छन त ?
तारा देवि खाती
शिक्षक पेषाबाट खुला राजनितिमा आएकी तारा खाती २०७४ सालको स्थानिय निर्वाचन बाट बुढीगंगा नगरपालिकाको नगर उपप्रमुखमा बिजयी भएकी थिईन । उनले करिब २५ बर्ष लामो समय शिक्षक पेषामा रही नेपाल शिक्षक संघको जिल्ला स्तरको नेतृत्व गर्दै आएकी थिईन । एकएक् शिक्षक पेषाबाट राजिनामा दिएर खुल्ला राजनितिमा आएकी खाती नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशनमा पराजित भएकी थिईन ।
पुजा खाती
बझाङ्ग जिल्ला माइति घर भई बाजुरामा कर्म घर भएकी पुजा खातीले पनि आफु एक अब्बल नेतृको रुपमा लिएकी छन । उनी निकै लामो समय सम्म राजनितिमा नआए ता पनि नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनबाट उनको खुल्ला राजनितिक यात्रा शुरु भएको थियो । उनी बिद्यार्थी राजनितिबाटै खुला राजनितिमा आएकी हुँन ।
रिता शाही
सामाजिक अभियाँनताको काम गर्दै छोटो समयमा आफ्नो नाम उच्च स्थानमा राख्न सफल नेतृ रिता शाही पनि बिभिन्न बिधामा अब्बल ब्यक्तित्वको रुपमा परिचित रहेकी छन । उनले बिभिन्न बिधामा कलम चलाँउदै नेपाली गीत संगीतमा दर्जन बढी गीतहरुमा लय,शब्द र स्वराङ्कन गरी समाजमा थप परिचित भएकी छिन । २०७८ साल बैसाख सम्म उनी साहस नेपालम सामाजिक परिचलकको रुपमा काम गर्दै जागिरे जीवन यापन गरि रहेकी थिइन भने उनी एकाएक २०७८ साल असाढबाट साहस नेपालको जागिरलाई राजिनमा दिदै सामाजिक सेवामा लागेकी थिईन । उनले छोटो समय मै देशका बिभिन्न ठाँउमा गएर बिदेशमा बस्दै आएका नेपालीहरु मार्फत राहत संकलन गर्दै राहत वितरण कार्यमा निकै खटिएकी थिईन । उनले राहत बितरण तथा देशका बिभिन्न भुभागमा सामाजिक अभियानताको काम गरेकै चर्चा परिचर्चाले नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा जितेकी हुन ।
जानकी खड्का
नेपाली काँग्रेसको साधारण सदस्य हुँदै क्रियाशिल सदस्य रहेकी जानकी खड्का त्यती खुला राजनितिमा भने नदेखिएको नाम हो । उनी पनि नेपाली काँग्रेस बाजुराको एक कुशल नेतृ भनेर चिनिन्छन । बिद्यार्थी राजनितिबाट उनी राजनिति गर्दै आएकी थिईन ।
दिस्य कुमारी शर्मा
सामान्य तरिकाले खुलेर राजनितिकमा आएकी दिस्या शर्मा पनि खासै खुलेर राजनितिमा नआए पनि उनले पनि बुढीगंगा नगरपालिकाको उपमेयरका लागि उम्मेद्वारी घोषण गरेकी छन । उनको राजनितिक यात्रा पनि बिद्याथीबाटै सूरुवात भएको हो ।
स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० मा आफुहरु पनि पद नछोड्ने दाउमा उम्म्द्वारहरु रहेका छन । नेपाली काँग्रेस बाजुराले उम्मेद्वारी दिन आबहन गरे पछि जिल्लाका वडा तथा पालिकाबाट उम्मेद्वारी दिने चटारो चलि रहेको छ । सबै ठाँउका उम्मेद्वारी पश्चात नेपाली कााग्रेसको राजनितिमा योगदान भएका र जनताले बिश्वास गर्ने ब्यक्तीलाई टिकट दिने नेपाली काँग्रेसको बिधानमा उल्लेख रहेको छ ।