बाजुरा – जिल्लाको सदरमुकाम मार्तडीमा स्थित बडिमालिका नगरपालिकामा नेपाली काँग्रेस बाट २ जना महिलाले नगरप्रमुखको दावी गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि काँग्रेस महाधिवेशन प्रतिनिधि कविता विष्ट र महाधिवेशन प्रतिनिधि जुना दानीले यस नगरपालिकाको नगरप्रमुखमा दावी गरेकी छन् ।
कविता विष्ट बडिमाकिा नगरपालिका उपप्रमुख हनुका साथै महाधिवेशन प्रतिनिधि पनि हुन भने जुना दनी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् । नगरप्रमुखमा दावी गरेकी दुवै महिला राजनितिक अव्वल हुनुका साथै असल राजनितिज्ञ पनि हुन् ।
नेपाली काँग्रेस नगरकार्य समितिले उम्मेद्धवार दावी प्रक्रिया अगाडी बढाएपछि दुई जना महिला सहित ८ जनाले उम्मेदवारीको दावी गरेका छन् ।नगर प्रमुखमा पदम बडुवाल,धनराज पण्डित,प्रकाश रावल,सुरेन्द्र सिंह,गोपाल कार्की र जनक थापाले सहितले दावी गरेको काँग्रेस बाजुराले जनाएको छ ।
किनारा न्युजबाट साभार











