बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट जना प्रतिभासालि कुसल , सक्षम नेताहरुले गाँउपालिकाको अध्यक्षका लागि दावी गरेका छन् । स्थानिय निर्वाचन नजिकिए संगै उम्मेदवारी घोषणा गर्ने क्रममा उक्त गाउँपालिकामा ११ जनाले दावी गरेका हुन् ।,जसमा गाँउपालिका अध्यक्ष नर बहादुर रावत, पुर्व जिल्ला कार्य समिति सदस्य तथा पुर्व पार्टी प्रवक्ता नर बहादुर शाही,खप्तड छेडेदह शिक्षक महासंघ अध्यक्ष, खडक बुढा, पुर्व जिल्ला कार्य समिति सदस्य धन बहादुर रावत, पुर्व नेपाल शिक्षक संघ सिजल्ला अध्यक्ष मिन बहादुर धामी, निवर्तमान तरुण दल अध्यक्ष तथा जिल्ला कार्य समिति सदस्य कुम्भ नाथ योगी,प्रदेश सभा क्षत्र न। ९ख० का सदस्य परे नाथ योगी, ताल बहादुर रावत् तेज बहादुर कठायत, नेपाल दलित संगका जिल्ला अध्यक्ष भिम बहाद्र नेपाली रहेका छन् । आफुलाई अध्यक्षका लागी सक्षम ठहर गर्दै दावी गरेका यि ११ जना सवै आफुमा सक्षम कुसल, इमान्दार निदर र जुझारु नेतुत्वका रुपमा चिनिन्छन् । सुवैको पार्टी सुदृढिकरण गाँउपालिकामा कांग्रेस बलियो बनाउने कुरामा उत्तिकै योगदान रहेको छ । ११ जना मध्य १ जनालाई छान्न पनि निकै सकस देखिएको छ । यतिवेलान मतदाताहरुमान पनि निकै उकुसमुकुस परेको छ । हेर्दा अध्यक्षका दावेदार रहेका यि ११ जना एक अर्कामा कोही पनि कमजोर देखिदैनन् । छेदेदहलाई नेतृत्व गर्ने व्यक्तिको अभाव छैन । तर सक्षम नेतृत्व गर्ने व्यक्तिको अभाव हो ।गाँउपालिका भित्रै प्रदेश तथा जिल्ला स्तरको नेतृत्व गर्ने नेताहरु छन् । तर नेतृत्व गर्ने जनि व्यक्तिहरु छन् त्यत्तिकै गाउँपालिकाले बिकासको गतिमा भने तिव्रता पाएको छैन।
गाउँपालिका आफैमा सम्भावना बोकेको क्षत्र हो । प्रवल सम्भावना र उचित स्रोत समाधन प्रयाप्त भएर पनि गाँउपालिकाको बिकासको गति सुस्त हुन निकै दुखःद बिषय हो । जिल्लाका ९ वटै पालिकाको तुलनामा भौगोलिक बिकटता र बिकासका पुर्वाधारहरुको न्यन पहुचका कारण पिछडिएको गाउँपालिकामा स्थानिय सरकार आइसकेपछी को आर्थिक र सामाजिक बिकासले केही रुपमा गति लिएता पनि जनताले अपेक्षा गरेअनुसारको कुनै काम हुन सकेको छैन् । पुर्वाधार बिकासमा भने गाउँपालिकाले केही रुपमा फड्को मारेको छ । अवको गाउँपालिका बासिको माग भनेको गाउँपालिकाको समग्र बिकासका लागि योगदान पुर्याउन सक्ने सक्षम कुसल, जुझारु नेतृत्वको आवश्यक छ । जसले गाउँपालिकाको मुहार फेृर्न सक्छ। जसले गाँउपालिको आर्थिक र सामाजिक बिकासमा टेवा पुर्याउन सक्छ । जसले गाउँपालिका बासिका सयौँ बर्ष देखिका समस्याहरुका समानधान गर्न सक्छ, जसले समृद्ध खप्तड छेडेदह र सुखी खप्तड छेडेदह बासीको परिकल्पनालाई आफ्नो राजनिति जिवनको मेरुदण्डका रुपमा लिन्छ र त्यस अभिभारा पुरा गर्छ । जो उम्मेदवार खप्तड छेडेदहका कांग्रेसीहरुको मात्र नभई समग्र खप्तड छेडेदह वासीको हितका लागि वकालत गर्ने होस् । जसले गाँउपालिका भित्रका अनियमितता बकिृति बिसंगतिहरुका बिरुद्ध अवाज बुलन्ध गर्न सकोस् । जनताका जनभावना अनुकुल काम गर्न सकाेस् । गाउँपालिका बासिका समस्याहरूकाे समाधान गर्न सक्ने सभ्य र सुस्स्कृत खप्तड छेडेदह परिवर्तित र रुपात्तरित छेदेदह बनाउने संकल्प गर्न सकोस् ।
यतिवेला बिशेष तह नेतृत्वमा युवा पुस्ता र नेतृत्व परिवर्तन अहिलेको प्रमुख आवश्यकता हो । पार्टीका अग्रज नेता गणहरुले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग युवा पुस्ताको छ । पार्टीको हित र गाँउपालिकाको हितका लागि युवा पुस्तचालाई नेतृत्व गर्नुपर्ने यवा नेताहरु उम्मेदवारहरु बताउन्छन। सुदृद कांग्रेस एकटाबद्ध कांग्रेस र बलियो कांग्रेस बनाउनुका साथै गाउँपालिकाको आर्थिक, सामाजिक र पुर्वाधार बिकासका लागि युवा पुस्ता नेतृत्वमा आउदा उत्तम हुने अध्यक्षका दावेदार समेत रहेका युवा नेता वडा न।६ का वडा अध्यक्ष तथा तरुण दल पुर्व जिल्ला अध्यक्ष कुम्भ नाथ योगीले बताए । यतिवेला नेतृत्वमा केही युवाहरुको नयाँ अनुहारले राजनितिमा फरक तरङ्ग ल्याउने सम्भावना भने देखिन्छ । अधिकांस युवाहरु युवहरुको साथमा देखिन्छन्। युवा पुस्ताले नेतृत्व समानल्नु पार्टी र पालिका बासी दुवैका लागि हित हुने उनको भनाई छ । यो सव युवाहरुले मात्र गर्न सक्छन् भन्न नसकिने लामो समय सम्म पार्टीमा त्याग तपस्या र योगदान दिएका अग्रज नेताहरु बताउन्छन् ।आफुहरु पनि नेतृत्व गनै सक्षम रहेको उनिहरुको ठहर छ । त्यस्तै गाउँपालिकाको उपाअध्यक्षका लागि ७ जनाले दावी गरेकी छन् । गाउँपालिकाका उपाअध्यक्ष, कुन्ति बुढा साउँद, बिसु देवी नाथ्, सारा पण्डित, सत्य कुमारी राेकाया, धर्मा बुढा कठायत,काेकिला शाह रहेकी छन् ।यि सवै उम्मेदवारहरू मध्य अध्यक्ष अथवा उपाअध्यक्षा काे बन्ने भन्ने कुरा अहिलेनै भन्न सकिने अवस्था भने छैन । सवै जना बलियाे नेताका रूपमा स्थािपित छन्र ।