राम बहादुर दानी- जिल्लाको गौमुल गाँउपालिकाका एक कृषकले माहुरी पालनबाट मनग्य आम्दानी गरेका छन । गौमुल गाँउपालिका वडा नंं २ तलदुगुनका ४० बर्षिय गोरख रोकायाले माहुरी पालन ब्यबशायबाट बार्षिक ४ लाख बराबरको आमदानी गरि रहेका छन । कृषक रोकायाले कोरोना पिडितबाट मौरी पालन ब्यबसाायका लागि कृषिज्ञान केन्द्र बाजुराको ३० हजार र ४० हजार ब्यक्तीगत गरी ७० हजार लगानीबाट सुरु गरेको मौरी पालन ब्यबसाय सुरु गरेको कृषक रोकायाले बताएका छन । उनले २० घारबाट मौरी पालन ब्यबसाय सुरु गरेका थिए भने अहिले ३५ घार मौरी बनाएको बताए । बार्षिक एक घारबाट २ पटक मह निकाल्न सकिने र एक चाटी एक घारबाट १० किलो मह निकाल्न सकिने उनले बताए । ३५ घार मध्ये २० घारहरुमा माहुरी रहेकोले बार्षिक काचो मह एक किलोका मुल्य रु १२०० र पाको महको मुल्य रु १००० मा बिक्रि गरेको कृषक रोकायाले बताएका छन । ५ जना परिवारलाई बार्षिक करिब ४ लाख बराबरको माहुरी पालन ब्यबसासयबाट आम्दानी गरेर सजिलै धान्न सकेको उनले बताए । एक छोरा र १ छोरीलाई सदरमुकाम मार्तडीमा निजी बिद्यालयमा माहुरी पालन र ब्यापार ब्यबशायबाट पढाइ रहेको कृषक रोकायाले बताएका छन ।