बाजुराः शनिबार बेलुकी आएको असिनाले पाक्नै लागेको गहु र जौ वाली नष्ट भएको छ । जिल्ला भरी वादल र सामान्य बर्ष भएको थियो । तर जिल्लाको बुढीगंगा नगरपालिकामा भने करिव ३० मिनेट सम्म परेको असिनाले वालीनाली चुटेर नष्ट वनाएको छ ।

वारीमा भएको साग तरकारी, फलफुल, भर्खरै लगाएको आलु वारीलाई समेत चुटेर नष्ट गरेको छ । बर्षेनी यसै समयमा एकाएक बिश्वासै नगरी आउने असिनाले कृषकहरुलाइ निरास बनाउने गरेकोले शनिबार आएको असिनाले पनि पाक्नै लागेको गहुँ र जौ बाली चुटेर नष्ट गर्दा के खाँने भन्ने बिषयमा त्यस क्षेत्रका कृषकहरु निरास भएको बुढी गंगा नगरपालिकाको कार्यालयका प्रुसाशन सहायक बसन्त थापाले जानकारी दिनु भएको छ ।











