युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
183 पटक पढिएको

बाजुराः स्पोर्टस क्लब सि डिभिजन खेलका लागि बाजुराको रानीवन टिम राजधानी काठमाण्डौ पुगेको छ । चैत्र २९ गतेबाट सूरु हुने सि डिभिजन लिग खेलका लागि खोलाडी टोली काठमाण्डौ पुगेको हो । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने सि डिभिजन लिग खेलका लागि बाजुराको खेलाडी टिम काठमाण्डौ पुगेको हो ।
छनोट खेलमा सहभागि ७८ वटा देश भरका फूटबल क्लब मध्ये रानीवन शिर्ष तीन क्लबको सूचीमा परेर सि डिजिभन खेल्न छनोट भएको हो । सि डिभिजन खेल्न छनोट भएका १४ टिम मध्ये रानीवन सहीत तीन वटा क्लब नयाँ हुन्, भने बाँकी ११ क्लब पुरानै हुन् ।
सि डिभिजन खेल अन्र्तगत रानीवनले पहिलो खेल चैत्र ३० गते स्वयम्भु क्लब काठमाडौंसँग खेल्ने भएको छ । धनगढीको फाप्ला खेल मैदानमा बन्द प्रशिक्षण पछि रानीवन खेलाडी सहीत काठमाडौं पुगेको छ । खेलाडीलाई करिब २ हप्ता लामो समय बन्द प्रशिक्षणमा राखिएको थियो । टिममा अधिकांश खेलाडी बाजुरा जिल्लाकै भएपनि केही सुदूरपश्चिम ११ बाट खेल्ने खेलाडी पनि सहभागि रहन नरेश रोकायाले बताएका छन् ।
खेलाडी बाहेक सिंगो क्लबकै तर्फबाट सि डिभिजन खेल्ने रानीवन सुदूरपश्चिमकै पहिलो हो । सिंगो प्रदेशको पहिचानका लागि पनि सि डिभिजनको महत्व बिशेष रहेको सल्लाहकार रोकायाको भनाई रहेको छ ।
सहभागि १४ क्लब मध्ये अंक तालिकामा पर्ने शिर्ष २ टिम बि डिभिजनमा बढुवा हुनेछन् । भने अन्तिमका २ टिम पुन ः सि डिभिजनबाट बाहिरीने छन् । सुदूरपश्चिमको फुटबल क्षेत्रकै अस्तीत्वको लडाइका रुपमा सि डिभिजनको खेललाई लगिएको क्लबका अध्यक्ष ध्रुब बहादुर रोकायाले बताएका छन् ।
रानीवनले सि डिभिजन छनोटका लागि मात्र २७ लाख बढी खर्च गरिसकेको छ । भने सि डिभिजन खेल्न ३५ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । अघिल्लो छनोट खेलकै ७ लाख बढी रकम ऋणमा रहेको क्लबलाई सि डिभिजन खेल्न आर्थिक रुपमा भने चुनौति हुने देखिएको छ ।
२०६४ सालबाट जिल्लामा खेलकुदका गतिविधी आयोजना गर्दै आएको रानीवनले जिल्ला बाहिरबाट ठुला उपाधी जित्न सफल छ । १४ वर्षको अवधीमा रानीवनले जिल्ला भित्रै २२ बढी आफ्नै आयोजनामा खेल सञ्चालन गरेको छ । भने दुई दर्जन बढी जिल्ला स्तरीय खेलमा भाग लिएको छ ।
जिल्ला बाहिर २ पटक विजेता र २ पटक उपविजेता बन्न सफल रानीवनले कैलाली, डोटी, अछाम र कालिकोट जिल्लामा गएर खेलमा भाग लिइसकेको छ । आवश्यक प्रशिक्षण र लगानी अभावका बीच पनि सुदूरपश्चिमै उत्कृष्ट क्लबका रुपमा रानीवन स्थापित हुन सफल क्लब हो ।
बिशेषतः फुटबल खेलाडीको बेर्ना क्लबकै रुपमा परिचित रानीवनले जिल्लाको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । जिल्लामा हुने खेलकुद प्रतियोगिता सँगै आफ्नो स्तर जिल्ला बाहिर पनि स्थापित गर्न सि डिभिजन छनोट खेल्ने अठोट गरेको क्लबले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!