बाजुराः स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्य्र बाजुराको पनि आइतबार बसेको निर्वाचन बिशेष समन्वय समितिको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जिल्लामा संचालित बिभिन्न मिडियामा कार्यरत कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

आइतबारा बसेको बिस्तारित निर्वाचन बिशेष जिल्ला कमिटीको पुर्ण बैठकले नेकपा माओवाी केन्द्रका केन्द्रीय सदस्य कर्ण बि.क.को संयोजकत्वमा २०७ सदस्यिय निर्वाचन परिचालन समिति, ९ वटा पालिकामा पालिका स्तरिय सहइञ्चार्ज तोक्न निर्णय पारित गरेको छ । जस मध्ये स्वामिकार्तिक गाँउपालिकामा २ जना इञ्चार्ज, बुढी नन्दा नगरपालिकामा दुइ जना सह इञ्चार्ज, बडीमालिका नगरपालिकामा तिन जना सह इञ्चार्ज, त्रिवेणी नगरपालिकामा २ जना सह इञ्चार्ज, बुढीगंगा नगरपालिकामा १ जना सह इञ्चार्ज र खप्तड छेडेदह गाँउपालिकामा ३ जना सह इञ्चार्ज तोकेको छ ।

जिल्लाका दुइवटा पालिकाहरुमा भने सह इञ्चार्ज तोक्न केही तालमेल मिलाउन बाँकी रहेकोले केही समय लाग्ने बताइएको छ । तेस्रो नम्बरको निर्णय अनुसार कम्रेड रमेशराज बिश्वकर्माको संयोजकत्वमा ५ सदस्यिय जिल्ला स्तरिय प्रचार प्रसार समिति, देवेन्द्र बुढाको संयोजकत्वमा ७ सदस्यिय निर्वाचन अवधिभर परिचालन समिति गठन, जिल्ला कमिटिीका ७ जनाको कार्यदल टोलीको संयोजकत्वमा जिल्ला स्तरिय कार्यदल गठन, जिल्ला कमिटीको नेतृत्वमा निर्वाचनमा तालमेलको परिस्थिति समन्वय समिति र वाइसियल जिल्ला संयोजक हिक्मत शाहीको संयोजकत्वमा २०० जनाको युवा परिचालन लगायतका निर्णयरु पारित गरेको छ । युवा परिचालन समितिले जिल्लाका नौवटै पालिकामा दुइ दुइ शय जना युवाहरुलाई मार्चपास सहिति निर्वाचनको समयमा भइ परि आउने परिस्थितिलाई बुझेर प्रतिकार गर्न सक्ने गरी तालिम सहितका टोलिहरु खटाउने जिल्ला कमिटी पुर्ण बैठकले निर्णय पारित गरेको नेता देवेन्द्र वुढाले निर्णय सुनाउदै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नु भएको हो ।

नेकपा माओवादी जिल्ला कमिटीको बिस्तारित पुर्ण बैठकले आसन्न स्थानिय तह निर्वाचनमा अरु राजनितिक दलहरु संग के कसरी तालमेल गर्ने भन्ने बिषयमा समिक्षा गरेको पाइएको छ । पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कर्ण बि.क.ले नेकपा माओवादी केन्द्र माथी देखी तल सम्म कम्जोर नभएको र केपी ओलीको अहंकार हैकमबाद शैलीको शासन सत्ताको च्युत गर्न पाटी अलग भएको बताएका छन । पत्रकारको जिज्ञासाको उत्तर दिदै नेता बिकले नेकपा माओवादी केन्द्रमा केही ओली प्रबृतिका मान्ेछहरु नेकपा एमालेमा चोइटीए पनि त्यसले पाटीलाई कुँनै प्रभाव नपार्ने प्रष्ट पार्नु भएको थियो । केन्द्रीय कमिटीको सर्कुलर अनुसार बाजुरा जिल्लामा पनि अवस्था र परिस्थिति हेरेर आफुहरुले जित्न सक्ने पालिका तथा वडामा टिकट पक्का साझेदारी तालमेल राजनितिक दलहरुसंग आग्रह गर्ने बताउनु भएको छ । सम्भवतः केही वडाहरु नेकपा माओवादी केन्द्र एक्लै लडेर पनि जित्ने पक्का भएता पनि पाँच दलिय गठबन्दनको निर्देशन अनुसार बाजुारा जिल्लामा कुनै आफ्नो वाहुल्यता र आफ्नो पक्षमा जनमत भएको पालिकामा प्रमुख पदका लागि उम्मेद्वारको टिकटको पक्का गर्न सकिने पनि बताउनु भएको छ । पत्रकार सम्मेलनको अध्यक्षता प्रेस सेन्टर बाजुराका अध्यक्ष शुरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको संचालन प्रेस सेन्टर प्रदेश कमिटी सदस्य राजेन्द्र बि.क.ले गर्नु भएको हो । पत्रकार सम्मेलन नेकपा माओवादी केन्द्रको पाटी कार्यालयमा सम्पन्न भएको थियो ।











