बाजुरा– निर्वाचन आयोगले निजामती कर्मचारी सहित संचार माध्यमलाई पार्टीको प्रचार नगर्न आग्रह गरेको भएपनि बाजुरामा भने निर्वाचन आचारसंहिता उल्लघन हुन थालेका छन् ।जिल्लाका नेपाली काँग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनितिक दलमा आवद्ध सरकारी पेशामा लागेका निजामती कर्मचारी,शिक्षक लगायतले आचार सहिंता उल्लघन गर्ने गरेको पाइएको छ ।
सरकारी सेवामा संलग्न रहेका कर्मचारी,शिक्षक, सुरक्षाकर्मी लगायतका निजामतीहरुलाई कुनै पनि दलको प्रचार प्रसार र कार्यक्रममा सहभागी नहुन आयोगले सूचना जारी गरेको भएपनि आचार सहिंता उल्लघन भएको पाइएको छ ।बिहीबार नेकपा एमाले गौमुल गाउँ कमिटीले नेपाली काँग्रेसका कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा नै दुई जना शिक्षक संलग्न भएको पाइएको छ ।एमाले निकट शिक्षक संगठनमा आवद्ध गौमुल गाउँपालिका–२ मा रहेको हिमशिखर आधारभुत विद्यालयका प्रधानाध्यापक रामबहादुर बोहरा र सोही विद्यालयका सह शिक्षक अमरबहादुर बोहरा पार्टी प्रवेश कार्यक्रममा संलग्न भएका छन् ।
आयोगले आचारसंहिता उल्लघन गरेको पाएमा कानुनी कारबाही गर्ने भनेको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले निर्वाचनको आचार संहिता उल्लघन गरेको लिखित उजुरी आएमा कानुनी कारबाही गर्ने बताएका छन् ।सरकारको जुनसुकै पेशामा संलग्न रहेका व्यक्तिले निर्वाचनका बेला पार्टीको कार्यक्रममा सहभागी भएमा आचार संहिताको ठाडो उल्लघन गरेको मानिन्छ ।
सामाजिक संजाल फेसवुकबाट साभार एक तस्विर
खप्तड मािलका न्यूजबाट साभार