बाजुरा –नेकपा एमाले बाजुराको ९ वटै स्थानीय तहको प्रमुख र उप–प्रमुखको उम्मेदवारीको टुंगो लागेको छ । आसन्न स्थानीय तहको निर्वाचन आउन करिव १९ दिन बाकी रहदा नेकपा एमालेले बाजुराले पालिका प्रमुख र उप–प्रमुख टुंगो लगाएको नेकपा एमाले जिल्ला कमिटी बाजुराले जनाएको छ ।
जिल्लाको पालिकाको प्रमुख र उप–प्रमुख र अध्यक्ष , उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख कासी विकले बताएका छन् । प्रमुख विकका अनुसार जगन्नाथ गाउपालिका अध्यक्षमा काली बहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट ,गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकाया ,उपाध्यक्ष सीता थापा ,हिमाली गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्कीलाई उम्मेदवारको सिफारिस गरिएको बताईएको छ । त्यस्तै स्वामिकार्तिक गाउपालिका अध्यक्ष चतुरभुज शाहीउपाध्यक्ष सुलोचना भण्डारी बुढा,खप्तड छेडेदह गाउपालिका अध्यक्षः दिल बहादुर रावत ,उपाध्यक्ष मन देबि ओली ,बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा, उप–प्रमुख ः मनु रोकाया बि सि, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का,उप–प्रमुख नन्दा थापा, बुढिगङ्गा नगरपालिका,प्रमुख राम बहादुर बानिया,उप–प्रमुख माया कवर,त्रिबेणि नगरपालिका प्रमुख मोतिसिह बुढा, उप–प्रमुख पार्वती देबि बिष्टलाई सिफारिस गरिएको प्रचार प्रमुख कासी विकले बताएका छन्।
चार पालिकामा पुन पुराना जनप्रतिनिधिहरु दोहोरिएका छन् । हिमली,जगनाथ , बुढिगगा र गौमुलमा पुरानै उम्मेदवारहरु दोहोरिएका हुन। यता वडाको भने टुंगो लाग्न नसकेको र आजै टुंगो लाग्ने नेकपा एमाले बाजुराका प्रचार प्रसार प्रमुख विकको भनाई रहेको छ ।