बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिकामा पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निर्णय गरेका भन्दै गाँउपालिका भित्रका देउवा पक्षधर नेताहरुले असन्तुष्टि जनाएका छन् । गुटगत निर्णय गरेर पार्टीमा लामो त्याग तपस्या र योगदान गरेका नेताहरुलाई पाखा लगाएर आफ्नो गुटको व्यक्तिलाई टिकट दिएको आरोपमा नेताहरुले असन्तुष्टि जनाएका हुन ।देउवा पक्ष निकटका कतिपय नेताहरूले कांग्रेस कमजाेर बनाउने सडयन्त्र भएकाे आराेप समेत लगाएका छन्र यसै बिच नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतले पदबा ट राजीनामा दिएका छन् । पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निर्णय गरेको आरोप सहीत सभापति पदमा नबस्ने विज्ञप्ती सहीत राजीनामा दिएका हुन् ।
खप्तड छेडेदह गाउँपालिका ४ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा सहीत पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले खप्तड छेडेदहमा पार्टी सभापति रामसिंह रावल निकट मानिएका खडक बुढालाई अध्यक्षमा र विसुदेवी नाथलाई उपाध्यक्षमा टिकट दिएको छ । बुढा केही दिन पहिलेसम्म आधारभुत तहको शिक्षक पेशामा आवद्ध हुन्, भने नाथ सामुदायिक अध्ययन केन्द्र आटीचौरको सहकर्तामा कार्यरत थिइन् । काँग्रेस जिल्ला अधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएर पराजित बनेकी थिइन् ।
पार्टी विधि, विधानमा नचलेको र एकल नेतृत्वको निर्देशनमा चल्ने गरेको आरोप सहीत पार्टी सभापति रावतले आक्रोश समेत पोखेका छन् । रावत स्वयम आफै वडा अध्यक्षका पनि उम्मेदवार थिए । निष्ठाको राजनीति र विधी विधानको संगठन माथि नै प्रहार भएको आरोप रावतको छ । ७ वटा वडा मध्ये अधिकांशमा देउवा पक्ष बाहेकलाई टिकट दिइएको छ । यस्तै अध्यक्षका उम्मेदवार मिनबहादुर धामीले पनि टिकट वितरणमा असन्तुष्टी जनाउँदै स्वतन्त्र बस्नु पर्ने अवस्था आएको सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् । वर्तमान अध्यक्ष नरबहादुर रावत, मिनबहादुर धामी लगायतका नेताहरुलाई पाखा लगाएर शिक्षक पेशा छोडेको महिना दिन नपुगेको व्यक्तिलाई टिकट दिएकोमा देउवा पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
काँग्रेसमा देउवा पक्षको बर्चश्व मानिएको खप्तड छेडेदहमा फरक गुटका व्यक्तिलाई टिकट दिएपछि देउवा पक्षधरहरु असन्तुष्ट देखिएका छन् । नेपाली काँग्रेस बाजुराले खप्तड छेडेदहको वडा अध्यक्षमा १ मा वीरबहादुर रावल, २ मा भक्त बुढालाई टिकट दिएको छ ।
यस्तै ३ मा विर्ख बहादुर रावत, रुपेश धामी, ५ मा जितबहादुर रावत, ६ मा हर्क विष्ट र ७ मा धनबहादुर बुढालाई टिकट दिएको हो । सर्वसम्मत बनेका १ र ७ बाहेक सबैमा जिल्ला पार्टी सभापति रामसिंह रावल निकटलाई नै अध्यक्षको उम्मेदवार बनाइएको छ ।
नगरपालिकामा देउवा पक्षले प्रदेशबाट एकलौटी निर्णय सहीत प्रमुख पदमा उम्मेदवार बनाएपछि जिल्लाबाट रामसिंह रावल समूहले वडा अध्यक्ष र पालिका अध्यक्ष उपाध्यक्षमा आफू निकटलाई टिकट दिएको छ । पालिका तहमा अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षमा काँग्रेस भित्र व्यापक असन्तुष्टी बढेको छ । पार्टीमा लामो समय सम्म त्याग तपस्या र योगदान गरेका व्यक्तिहरुलाई पन्छयाएर गुटका आधारमा टिकट बितरण गरेको आरोप अधिकांस नेता कार्यकर्ताहरुको रहेको छ । टिकट बितरण पश्चात कतै देउवा पक्ष त कतै रामचन्द्र सिटौला पक्ष असन्तुुष्ट देखिएका छन् । यतिवेला टिकट बितरणको प्रभावले कांग्रेस भित्रका मतदाताहरुमा निरासा छाएको छ । यसको प्रतक्ष असर आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा हुने पर्ने देखिन्छ । कांग्रेसको पकट क्षत्र भनेर चिनिने खप्तड छेडेदह गाँउपालिकाका सिर्ष नेताहरु असन्तुष्ट देखिनुले पार्टी दुर्घटनामा पर्ने र कांग्रेस कमजोर हुने संकेद देृखा परेको छ । जसको प्रतक्ष फाइदा भने नेकपा एमालेलाई हुनेछ । कांग्रेस भित्रको गेटउपगुटको राजनितिले नेकपा एमालेलाई स्थानिय निर्वाचन जित्न थप सहज हुने देखिएको छ ।
यदि गाँउपालिकामा कांग्रेस नै जिताउने हो भने सवैले गाँउपालिका अध्यक्षको टिकट पाएका खडक बुढालाई स्विकार गरेर सिङ्गो कांग्रेस एक भएर जानुपर्ने हुन्छ । यदि साँचिक्कै देउवा पक्ष असन्तुष्ट नै रहेने हो भने बुढालाई चुनाव जित्न भजे निकै सकस हुनेछ । देउवा पक्षको बाहुलेता धेरै रहेको उक्त गाँउपालिकामा सोही पक्ष असन्तुष्ट देखिएको छ । कांग्रेस खप्तड छेडेदहका अनुसार अधिकांस देउवा पक्ष निकटका नेताहरुले आफ्नो पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । वडा देखि पालिका सम्म एकलौती गुटका आधारमा टिकट दिएको तर त्यहाँको जनसमुदायले राजेको र खोजेका व्यक्तिले टिकट नपाएपछी नेता कार्यकर्ता देखि मतदाताहरु असन्तुष्ट रहेको देउवा पक्षका एक नेताले बताएका छन् । उसो त यो सवै कांग्रेस कमजोर बनाउने खेल नै हो । आफुले पाएपछी हुन्छ नत्र हुदैन भन्नुको पछाडी स्वार्थको राजनिति हो भन्दै टिका टिप्पोणी समेत हुन थालेको छ । तर वडा तह देखि पालिका सम्म एकलाैती हुनुले एक पक्ष असन्तुष्ट देिखनुलाई कितपयले स्वभाविक ठानेका छन्र । टिकट बितरणको नतिजाले कांग्रेस खप्तड छेडेदहका कांग्रसी जनहरुमा निरासा छाएको र चुनावमा हार वेहोर्नु पर्ने स्थिति सिर्जना भएको नेपाली खप्तड छेडेदहको एक स्रोतले जनाएको छ । असन्तुष्टि पालिका मात्र नभई वडामा टिकट पाएका उम्मेदवारहरुलाई लिएर पनि भइरहेको छ । जसले कांग्रेस बनायो ।कांग्रेस जोगायो उसको मुल्याङ्कन पार्टीले गर्दैन भने पार्टीमै बसिरहन उचित छैन बरु अव स्वतन्त्र उम्मेदवारी दिन्छु एक नेताले भने ।