बाजुरा – बुढीगंगा नगरपालिकाकाे फलाशैनमा रहेको सिद्धार्थ बैंक लि. साखा कार्याालयले कोरोना महामारीका बेला सहयोग स्वरुप बुढीगंगा नगरपालिकालाई दुई लाखको चेक हस्तान्तरण गरेको छ ।
नगरपालिकामा बैंङ्किग कारोबार गर्दै आएको सो बैंकले नगरपालिकालाई दुई लाख सहयोग गरेको नगर प्रमुख दीपक विक्रम शाहले जानकारी दिएका छन् ।
नगरपालिकामा पनि दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) फैलिदै गएकाले संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि उक्त दुई लाख रुपैयाको चेक प्रमुख शाहलाई हस्तान्तरण गरेको बैंक शाखाका प्रबन्धक धर्मदेव अवस्थीले जानकारी दिए् ।
बैंकको संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गर्ने भएकाले कोरोना महामारीका समयमा आर्थिक सहयोग गर्ने गरेको शाखा प्रवन्धक अवस्थीले बताए ।
महामारीका बेला थप सहयोग पुर्याउनका लागि गत वर्ष पनि बैंकले ३० हजार रकम सहयोग गरेको प्रवन्धकको भनाई रहेको छ । उनले दुई लाखको चेक नगरपालिका पुगेर हस्तान्तरण गरेको बताएका हुन ।
यस्तो महामारीका समयमा नगरपालिकासंग स्रोत नभएकाले सहयोग गर्न अन्य संघसंस्थालाई पनि नगर प्रमुख शाहले आग्रह गरेका छन् ।
यसरी दिन प्रतिदिन कोरोनाबाट संक्रमित भएका नगर भित्रका नागरिकहरुको उपचारका लागि आइसोलेसन देखि अक्सिजनका सिलिण्डर समेतको व्यवस्थापन गर्दै आएको उनले बताएका छन् ।
जिल्लामा दैनिक रुपमा बिकारल रुप लिएर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थानिय तहलाई आर्थिक रुपमा निकै समस्या हुन थालेको हुदा नगरपालिका र गाउँपालिकाहरुले कोभिड अस्पताल र संक्रमितको व्यवस्थापनमा रकम खर्च निकै समस्यामुलक अवस्था भोग्नु परेको छ ।