बाजुराः नेपाली काँग्रेसका नेता हिरेन्द्र बहादुर रोकायाको नाममा भ्रष्ट्राचारको मुद्धा दाएर नगरेको गौमुल गाउँपालिका निर्वाचन आयोगले एक विज्ञप्तिमा मार्फत जानकारी गराएको छ ।
जिल्लाको गौमुल गाउँपालिका नेपाली काँग्रेस बाट अध्यक्ष पदका उमेदवार हिरेन्द्र बहादुर रोकायाको नाम भष्ट्रचारको मुद्धा दर्ता नभएको जनाएको छ ।
२०७९ बैशाख १३ गते मंगलवारका दिन रेडियो गौमुल र गौमुल खवर डटकम अनलाईन मिडियामा नेपाली काँग्रेसका नेता हिरेन्द्र बहादुर रोकाया बिरुद्ध भष्ट्रचारको मुद्धा दायर गरेको र २४ घण्टे अल्टिमेटम माग गरेको भनि निर्वाचन अधिकृतको हवला दिदै सूचना सम्प्रेसण गरेकोमा निर्वाचन अधिकृतको कार्यालयको ध्यानकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
यस कार्यालयमा दर्ता भएको उजुरी भष्ट्रचार सम्बन्धी नभएको र निजलाई २४ घण्टे अल्टिमेटम व्यवस्था निवार्चन सम्बन्धी विधान ऐन कानुनमा समेत नभएको र नदिएको व्यहोर जानकारी गराईन्छ गौमुल गाउँपालिकाको निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेत द्धारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।
हुदै नभएको कुरालाई उक्त संचारममाध्यामले झुटो सूचना सप्रेसण गरेको हुदाँ निर्वाचन कार्यालयको ध्यानाकर्षण भएको गाउँपालिका निर्वाचन अधिकृत वस्नेतले बताए ।
राज्यको चौथो अङ्ग मानिने संचार माध्याम नै पार्टीको एजेन्टको रुपमा काम गर्ने गरेकाे हुदाँ निर्वाचन कार्यालयको ध्यानाकर्षण भएको अधिकृत वस्नेताले बताए ।