बाजुरा: जिल्लाको गौमुल गाँउपालिका वडा नम्मर ६ का वडा अध्यक्षका उम्मेदार नरेन्द्र रोकायाले आफु वडा अध्यक्ष भए राज्यबाट आउने कुनै सेवा सुबिधा नलिने प्रतिवद्धता गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदरवार बनेका रोकायाले चुनाव अगाबै यस्तो प्रतिवद्धता जनाएका हुन ।
नरेन्द्र रोकायाले आफू निर्वाचित वडा अध्यक्ष पदमा निर्वाचित भए सरकारले दिने सेवा सुबिधाको ५० प्रतिशत सेवा सुबिधा सामाजिक कार्यका लागि खर्चिने घोषणा सहित प्रतिवद्धता जनाएका हुन ।
उम्मेदवारी दर्ता पश्चात आयोजित कोण सभालाइ सम्बोधन गर्दै उनले यस्तो घोषणा सहित प्रतिवद्धता जनाएका छन् । म अध्यक्ष पदमा बिजय भएपछी जनताको घरदैलोमैं गएर आफुले राज्यबाट पाउने सेवा सुविधा गरिब नागरिकलाई दिने बताएका छन्











