
बाजुराः स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० गते सम्पन्न हुने मिति नजिकिदै जाँदा निर्वाचन सम्बन्धी सामाग्रीहरु देशका सबै जिल्लाहरुमा पुगेका छन । यसै क्रममा जिल्लाका सबै स्थानिय तहहरुमा पनि मतपत्र पुगेका छन । शुक्रबार बडीमालिका नुगरपालिकाका लागि पनि एक ट्रक मतपत्र जिल्लामा पुगेका हुन । जिल्ला अरीका ११२ मतदान केन्द्र रहेका छन ।

जिल्लाका सबै स्थानियतहहरुमा मतपत्र पुगी सकेको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकृत नवराज अवस्थीले जानकारी दिनु भएको । जिल्लाका सबै मतदान केन्द्रहमा तिन वटा सुरक्षा निकायका सुरक्षाकर्मीहरु खटाइएको छ । नेपाल पहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरीको सूरक्षा कडा रुपमा सबै मुतदान केन्द्रमा खटाइ सकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरिक्षक चतुर्भुज ओझाले बताउनु भएको छ ।

जिल्लाका बिभिन्न पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारहरुको उम्मेदवारी शुक्रबार वेलुकी ५ बजे सम्म फिर्ता लिने समय तोकेको थियो । जिल्लामा स्वतन्त्र उममेद्वारी दिएका ८१ जना रहेका थिए । शुक्रबार बेलुकी सम्म बेलुकी सम्म केही उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन भने केही उम्मेद्वारहरुले भने फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । पाँच दलिय गठबन्दन अनुसार देशका सबै जिल्लाहरुमा सहमति हुन नसक्दा कतिपय ठाँउ हरुमा एक्ला एकलै निर्वाचन लड्ने अडान पाटीहरुले लिएका छन ।
जिल्लाको त्रिवेणी नगरपालिकाका सबै वडाहरु र नगर प्रमुखका लागि पनि स्वतन्त्र उम्मेद्वारी परेको थियो । नेपाली कााग्रेसको केन्द्रीय सर्कुलर अनुसार स्वतन्त्र उम्मेद्वारी फिर्ता नलिए पाटीले साधारण सदस्यबाट निश्कासन गर्ने भनी निर्णय गरे पछि त्रिवेणी नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली कााग्रेस बाजुराका पुर्व सचिब रनसिंह बहादुर अयडीले पनि शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताउनु भएको छ ।











