
बाजुराः स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० गतेको तिथी नजिकीदै जाँदा बाजुरा जिल्लाका केही पालिका तथा वडाहरुमा तिन दलिय गठवन्दन भै रहेको छ । यसै क्रममा बडीमालिका नगरपालिका वडा नंं ९ मा पनि तिन दलिय गठवन्दन भएको छ । आइतवार नोलाी काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पाटी बिच वडा नं. ९ मा साझा उम्मेद्वारलाई मतदान गर्ने कुरामा सहमति भएको छ । यसै क्रममा गठवन्दन कार्यदलका संयोजक एबम् नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलले संयुक्त गठबन्दको विजय भए पछि तिनवटै दललाई कार्यपालिकामा मिलाएर लैजाने कुरामा जोड दिनु भएको छ ।

बढीमालिका नगरपालिका वडा नं. ९ मा एकिकृति समाजवादीका साझा उम्मेद्वार दिर्घराज उपाध्यायलाई बनाइएको छ । वडा नं. ९ मा तिन दलिय गठबन्दनबाट बैसाख ३० को स्थानिय तह निर्वाचनमा साझा उम्मेद्वारलाई बिजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन । वडा नं. ९ मा तिन दलिय साझा उम्मेद्वार एकिकृत समाजवादीका दिर्घराज उपाध्यायलाई वडा अध्यक्षमा साझा चुनाव चिन्ह कलममा मतदान गर्ने र अन्य सदस्यहरुलाई नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्ने सहमति भएको छ ।

बडीमालिका नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर तथा उप मेयर पदका उम्मेद्वारहरुलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र एकिकृत समाजवादी पाटीले रुख चिन्हमा मतदान गर्ने संयूक्ता सहमति पत्रमा उल्लेख गरिएको छ । नेपाली काँग्रेस बढीमालिका नगरपालिकाका नगर सभापति गोपाल बहादुर कार्की, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य मान बहादुर बिक र एकिकृत समाजवादी पाटीका प्रदेश कमिटी सदस्य काँसी नेपालीले संयूक्त विज्ञप्तीमा हस्ताक्षर गरेका छन ।











