
बाजुराः जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा वडा अध्यक्षका लागि तिन दल बिच आपसी सहमति र तालमेलमा एकै जना वडा अध्यक्षका उम्मेद्वारलाई बिजयी गराउने संयूक्त सहमति भएको छ । तिन दलिय साझा वडा अध्यक्षका उम्मेद्वार एकिकृत समाजवादीका दिर्घराज उपाध्यायलाई तिनै दलले कलम चिन्हमा मतदान गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । बैसाख १८ गते तिनै दलका नेताहरुको संयूक्त बैठक बसी यस्तो निर्णय गरिएको हो । तिन दलिय गठबन्दनका संयोजक नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलको अध्यक्षतामा बसेको बैठकले बडीमालिका नगरपालिकामा सत्तारुढ गठबन्दनको केन्द्रीय निर्देशन अनुसार पुर्ण रुपमा कार्यन्वयन गर्दै नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उममेद्वार धनराज पण्डित र उप मेयर पदका उम्मेद्वार राधिका सिंह।लाई तिन वटै दलले रुख चिन्ह्मा मतादान गर्ने सहमति भएको छ ।

त्यस्तै वडा नं. ९ का वडा अध्यक्षका साझा उम्मेद्वार एकिकृत समाजवादीका दिर्घराज उपाध्यायलाई कालम चिन्हमा साझा मतदान गर्ने संयूक्त सहमति भएको छ । वडीमालिका नगरपालिका वडा नं. ९ को साझा वडा अध्यक्षका उम्मेद्वार दिर्घराज पाध्याय, दलित महिला सदस्य गंगा बि.क. र खुल्ला सदस्यमा अम्म चदारालाई कलम चिन्हमा तिनै दलले मतदान गर्ने सहमति भएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्य जानकी बडुवाल र खुल्ला सदस्यमा जंग बहादुर बिष्टपलाई रुख चिन्हमा मतदान गरी बिजयी गराउने सहमति भएको छ । आइतवार होटेर डिआर मस्टमा पत्रकार सम्मेलन गरी तिन दलिय साझा तालमेल गर्दै संयूक्त रुपमा चुनावी मैदानमा जाने एक बिज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा जिल्लाका संयुक्त गठबन्दनका तिनै दलका नेता तथा बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।












