
बाजुराः आसन्न स्थानीय तह बैसाख ३० को निर्वानका लागि घरदैलो अभियानमा जुटेका नेपाली काँग्रेसको तर्फबाट बडीमालिका नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेका धनराज पण्डितले जनतासंग भोट मात्र माथ्ने काम नगरी पिडाहरु बुझ्न आएको बताएका छन । घरदैलोमा आफु लगाएत काँग्रेसका तर्फबाट नगर उप–प्रमुखका उम्मेदवार राधिका सिंह लगायतको टिम भोट माग्न मात्रै नआएको नेताहरुले बताएका छन् ।
आफु राजनितिक गर्दै आएको तर आफ्नो हातमा केही नभएकोले जनताहरुको पिडा बुझेको छु तर दुखेका घाउहरुमा मलम लगाउन सकेको छैन अबको स्थानियत तह निर्वाचनमा आफ्नो पक्षमा जनताहरुको मत प्राप्त गरे आफुले सबै जनताका पिडाहरुको सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेका छन । जनताको दुखः प्रति वेदना र पिडा बुझ्न सक्ने हृदय भएकाले आफु र आफ्नो टिम मत माग्न संगैं जनताका पिडा बुझ्न पनि नेता पण्डितको जनता समक्ष भनाइ रहेको छ । नगरपालिकामा आफ्नो पुरै टिमले जिते जनताले दिएको जनमतको कदर गरी काम गर्ने समेत प्रतिबद्धता दिनुभएको छ । नगरका हरेक बिकासका कुरामा मतभेद नगरी फरक पाटीमा आस्था राख्ने मतदातालाई पनि सैगै लिएर जाने बताएका छन् ।











