बाजुरा– आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका व्यापार व्यवसायिलाई मदिरा विक्री नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।
निर्वाचन अवधीभर कुनै पनि व्यापारी तथा व्इवसायीले मदिरा विक्री गरेको र मदिरा सेवन गरेर सार्वजनिक स्थलहरुमा हिडडुल गरेको पाईएमा मदिरा ऐन अनुसार कडा कानुनी कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ । मदिराका कारण निर्वाचनका बेला हुन सक्ने खतरालाई मध्येनजर गर्दै मदिरा विक्रीमा निषेध गरिएको मंगलबार जारी गरेको सार्वजनिक विज्ञप्तीमा भनिएको छ ।
निर्वाचनलाई भयरहित,स्वच्छ,निपष्क्ष वातावरणमा सम्पन्न गर्नका लागि आज बसेको सर्वदलीय बैठकको निर्णयानुसार पूर्ण रुपमा मदिरा विक्री वितरण तथा सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा निर्णय विपरित कार्य गरेको पाइएमा कानुन बमोजिक कडा कारबाही गरिने लेखिएको छ ।












