बाजुरा– स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते तय भएसंगै नेपाली काँग्रेसबाट बुढीनन्दा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार पदम कुमार गिरी र उपप्रमुखका उम्मेदवार रितादेवि सिंहको टोलीले घरदैलो अभियान सुरु गरेको छ । समृद्ध बुढीनन्दा नगरपालिका र खुसी नगरबासीको नारा बोकेको नेपाली काँग्रेस बुढीनन्दा यसको मुर्त रुप दिन नेपाली काँग्रेस नेतृत्वमा आउनुपर्ने नेपाली काँग्रेस प्रदेश क ले जनाएको छ ।
नेपालको संवैधानिक व्यवस्थाको रक्षा तथा बुढीनन्दा नगरपालिकाको आर्थिक, भौतिक, शैक्षिक तथा अन्य पुर्वाधारको विकासको खका आफुले यस अघिको कार्यकालमा कोरेको र त्यसलाई पुर्णता दिनका लागि पनि बुढीनन्दाबासीले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याउनुपर्ने जनतासंगको भेटघाट कार्यक्रममा नगरप्रमुखका उम्मेदवार पदम जिताउन गिरीले अनुरोध गरेका छन ।
अघिल्लो पाँच बर्षिय कार्यकालमा आफुले तय गरेका केही कामहरु अधुरै रहेकोले दोस्रो पटकका लागि ति कामहरु पुरा गर्न आफुलाई एक चोटी फेरी जिताउन मेयर पदका उम्मेद्वार गीरीले जनताहरुलाई अनुरोध गरेका छन । बुढीनन्दा नगरपालिकाका महिलालाई सहभागिता,समानता र समता सहितको माथी उठाउन तथा महिला तथा बालबालिकाको रक्षाका लागि नगरमा महिलाको महत्वुर्ण भुमिका रहने भएकाले बुढीनन्दा नगरबासीले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याउनुपर्ने बताउँदै उपप्रमुखका उम्मेदवार रितादेवि सिंहले नगरबासीसंग अनुरोध गरेकी छन् ।