बाजुरा– स्थानिय तह निर्वाचन बैसाख ३० गतेको तिथी नजिकिदै जाँदा नेकपा एमालेले भने जिल्ला सदरमुकाम मार्तडीको सार्वजनि स्थानमा लगाइएका प्रचार प्रसारका सामागीहरु हटाएको छैन । नेपाली काँग्रेस र नेकपा एमालेको जिल्लामा कडा प्रतिस्पर्दा देखिने एकोले पालैपालो सार्वजनिक स्थान र चोकचोकहरुमा केही दिन अगाडी चुनावी प्रचार प्रसारका सामाग्रीहरु टासेका थिए ।

मंगलबार नेपाल सरकार र निर्वाचन आयोगले सार्वजनिक स्थानमा टाँस गरिएका चुनावी प्रचार प्रसारका सामाग्रीहरु हटाउन निर्देशन गरे पनि नेकपा एमाले बाजुराले भने त्यसको उलंघन गरेको छ । निर्वाचन आयोगले आचार संहिता विपरित सार्वजनिक स्थानहरुमा प्रचार प्रसारका सामाग्री अटाउन अनुरोध गरे पछि नेपाली काँग्रेस बाजुराले भने आफ्ना प्रचार प्रसारका सामाग्रहीहरु हटाइ सकेको छ । तर नेकपा एमाले बाजुराले भने सार्वजनिक स्थान र चोकमा टासेका प्रचारप्रसारका सामाग्रीहरु हटाएको छैन । यसरी निर्वाचन आयोगको निर्देशन नमान्नुमा निर्वाचन आचार संहिता उलंघन गरेको सावित भएको छ ।












