बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्षका उम्मेदवार नेता खडक बहादुर बुढाले राजनीति रुपमा पनि सन्चो भएको बताएका छन् । नेता बुढाले सञ्चारकर्मी संग घरदैलो अभियानमा हिडिरहेको बेला यस्तो बताएका हुन । एक महिना अघि शिक्षक पेशाबाट राजिनामा दिएर भरखरै राजनीति यात्रा प्ररारम्भ गरेका बुढाले नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको टिकट पाएका थिए । जिल्ला पार्टी नेतृत्वले चरम गुटबन्दी गर्दै लामो त्याग तपस्या लगानी र योगदान गरेका नेताहरुलाई पाखा लगाएर भरखरै शिक्षक पेशाबाट राजनीतिमा लागेका बुढालाई टिकट दिएको भन्दै देउवा पक्षधर नेतहरुले असन्तुष्टि जनाएका थिए । भरखरै राजनीतिमा लागेका बुढा पौडेल पक्षधर हुन । बुढा पौडेल पक्षधर भएकै कारण आफ्नो गुटको व्यक्तिलाई टिकट दिएको देउवा पक्षधर नेतहरुको बुझाई थियो । पालिकामा मात्र नभई वडाहरुमा पनि एकलौटी रुपमा आफ्नो गुटको व्यक्तिलाई टिकट दिएको भन्दै घोर आपत्ति जनाउदै नेताहरूले वागी उम्मेदवारी समेत दिएका थिए । नेता खडक बुढालाई पार्टी भित्रबाटै घात हुने स्थिती सिर्जना भएको कुरा बाहिरिएको थियो । आफुले टिकट पाउने बित्तिकै पालिकमा बलियो रुपमा रहेको कांग्रेस दुर्घटनामा पर्ने र चुनावमा आफुलाई पार्टी भित्रकै व्यक्तिहरुबाट असहयोग हुने कुरा सुन्नमा आएपछि आफुलाई राजनीति रुपमा बिसन्चो भएको महसुस भएको नेता खडक बुढाले बताए ।
तर केही दिन एता दुवै पक्षका नेताहरूको आपसी सहमतिका लागि बसेको बैठकले दुवै पक्ष मिलेर भैई चुनाव सम्म सिङ्गो कांग्रेस एक भएर पार्टीलाई पालिकामा जिताउने सहमति भैई छेडेदह गाउँपालिकाका सवै नेताहरू एकै साथ चुनावी घरदैलो अभियानमा हिडेपछी राजनीति रुपमा फेरि सन्चो भएको बताए । स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूले पनि उम्मेदवारी फिर्ता लगिसकेका छन् । यतिवेला कांग्रेसले घरदैलो अभियान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत ,उपाध्यक्ष कुन्ती बुढा साउद, युवा नेता सुदुरपश्चिम् अध्यक्ष, ताल रावत युवा नेता धन बहादुर रावत, युवा नेता हर्क बहादुर रावत गाउँपालिका अध्यक्षका उम्मेदवार खडक बहादुर बुढा, उपाध्यक्षकि उम्मेदवार बिष्णु देवी नाथ , युवा विद्यार्थी नेता बाजुरा क्याम्पसका इकाई सभापति अनिल सिंह , लगायत कांग्रेस आस्थावान नेता कार्यकर्ताहरु घरदैलो अभियानमा जुटेका छन् ।
वडा न . १ बाट सुरु गरेको घरदैलो अभियान वडा न ४ स्म्म पुगेको कांग्रेस खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ । यतिबेला गाउँपालिका अध्यक्ष उपाध्यक्षका उम्मेदवारले जनताको घरदैलोमा पुगेर जनताका जनगुनासाहरु सुन्ने क्रम छ । चुनावका वेला भोट माग्ने उदेश्यले मात्र नेताहरू गाउँ आउने गरेको जनगुनासो जनताहरुको छ् । चुनाव नजिकिदै गर्दा घरदैलोमा नेताहरू आउने र विभिन्न आश्वासन हरु दिने र चुनाव जितिसकेपछि गाउँ नफर्किने र चुनावका वेला गरेका सवै वचन बद्धताहरु भुल्ने र उल्टै जनताका जनभावनालाई कुल्चिने काम जनप्रतिनिधिहरुले गर्दै आएको स्थानीयहरु बताउन्छन । गाउँपालिकामा बलियो रुपमा रहेको कांग्रेस स्थानीय निर्वाचन नजिकिदै गर्दा चुनाव केन्द्रित बनेको थियो ।
आसन्न २०७४मा पालिकाका ४ वटा वडा जित्न सफल भएको थियो । आसन्न स्थानीय निर्वाचनमा ७ वटै वडा जित्ने र पालिकामा पनि अत्याधिक बहुमतले बिजयी गराउने अठोटका साथ कांग्रेस खप्तड छेडेदह गाउँपालिका चुनावी प्रचार प्रसार थालेको थियो । तर टिकट बितरण पश्चात् भने एउटा पक्ष असन्तुष्ट बन्यो । र अन्ततः पुन सिङ्गो कांग्रेस खप्तड छेडेदह गाउँपालिका चुनाव केन्द्रित भएको कांग्रेस खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ । कांग्रेस खप्तड छेडेदहका अनुसार गाउँपालिकाका वडा न . १,३ र ७ मा पनि आसन्न स्थानीय चुनावमा कांग्रेसलाई जिताउने तयारीका साथ अगाडी बढिरहेको छ । गाउँपालिकामा पनि फेरि पनि कांग्रेस नै चुनाव जित्ने दावी कांग्रेस छेडेदहका नेताहरूको छ । सुरु देखि नै एकटाबद्ध कांग्रेस बलियो कांग्रेस सुदृढ कांग्रेस बनाउने संकल्पका साथ अगाडि बढिरहेको हुदा छेडेदहमा कांग्रेस वाहेक अर्को राजनीति दलले चुनाव जित्ने सपना देख्नु उचित नहुने कांग्रेसी नेताहरूको जिकिर छ ।
यता नेकपा एमालेले पनि पालिकामा आफुहरु बलियो रहेको दावी गर्दै आएको छ । आफुलाई बलियो शक्तिका रुपमा दावी गर्दै आएको नेकपा एमालेले भने २०७४ मा ४ वटा वडामा र पालिकामा पराजित हुनु परेको थियो । कांग्रेसको बर्चस्व रहेको खप्तड छेडेदह गाउँपालिकामा कांग्रेस संग प्रतिस्पर्धा गर्न भने निकै सकस हुँदै आएको छ । आसन्न स्थानीय निर्वाचनमा २०७४ को निर्वाचनमा पराजित भएको वडाहरुमा पनि एमाले चुनाव जित्ने जिकिर एमाले खप्तड छेडेदहका नेताहरूको जिकिर छ । एमालेले यसो भनेता पनि २०७४ मा चुनाव जितेका वडाहरुमा पनि अव चुनाव जित्न निकै सकस हुने देखिन्छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो मनोमानी ढङ्गले काम गरेको र जनताले अपेक्षा गरे बमोजिमको कुनै पनि कार्य हुन नसकेको समुदायका जनसमुदायको जनगुनासो छ । पाँच बर्ष सम्म नेकपा एमालेले गरेको अनियमितता , अराजकता, र अहंकारका सहन नसकिने भन्दै एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूको लहर पनि त्यत्तिकै चलिरहेको छ । वडा न. १ मा २०७४ मा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष नै यतिबेला कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका छन् । फेरि पनि १ . न . मा चुनाव जितेरै छोड्ने अठोट नेकपा एमालेको छ ।
यतिबेला गाउँपालिकामा नेकपा एमाले चुनाव जित्न सक्ने अनुमान भने कतिपयले गर्दै आएका छन् ।पाँच बर्षको कार्यकालमा पनि गाउँपालिकाले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको र बिकासमा पनि गति लिन नसकेको प्रतिपक्षले आलोचना गर्दै आएका छन् । यहि आलोचनाका बिच पनि फेरि पनि चुनाव जित्ने कांग्रेसको तयारी छ ।तर चुनाव कसले जित्ने भनेर भन्न सकिने अवस्था भने छैन । २०४७ को निर्वाचनमा भन्दा बढी मतले बजयी बन्ने अठोट कांग्रेसको छ । तर यतिबेला नेकपा एमालेको चर्चा भने अलि बढी छ । नेता देखि कार्यकर्ताहरु यतिबेला आफ्नो पार्टी जित्ने दावी गर्दै आएका छन् । पाँच बर्षको कार्यकालमा प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको आरोप कांग्रेसलाई पनि लागेको छ । चुनावका वेला मात्र घरदैलोमा नेता आउदैमा अव जनतले सजिलै मतदान गर्ने अवस्था भने न्यून सजिलै चुनाव जित्न सहज भने भने यी दुवै पार्टीलाई छैन ।