युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
127 पटक पढिएको

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ३ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बिर्क रावत बिजयी बन्ने प्रवल सम्भावना रहेको नेपाली कांग्रेस वडा कार्य समितिले जनाएको छ ।पछिल्लो समयमा स्थानीय निर्वाचनको मुखैमा नेपाली कांग्रेस प्रतीको आकर्षणको प्रभावले वटा प्रमुख राजनीति दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र का दुई वटा बलिया उम्मेदवारका बिच रावत बिजयी बन्ने प्रवल सम्भावना देखिएको हो ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडामा तेस्रो स्थानका रुपमा रहेको नेपाली कांग्रेस यतिबेला पहिलो पार्टीका रुपमा स्थापित हुने बिश्वास कांग्रेस नेता कार्यकर्ताहरुको रहेको छ । उक्त वडामा नेकपा माओवादी केन्द्रको तर्फबाट अखिलक्रान्तिकारी सुदुरपश्चिम् प्रदेश अध्यक्ष नेता दिपक कुमार डिसी ,नेकपा एमालेको नेतृत्व गर्दै आएका नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका प्रतिभाशाली नेताका रुपमा परिचीत नेता दिपक रावत र नेपाली कांग्रेसको तर्फबाट युवा नेता नेपाली कांग्रेसमा रहि विभिन्न तह तप्काको नेतृत्व गर्दै आएका नेता बिर्क रावत रहेका छन् ।

नेता दिपक कुमार डिसी २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । गाउँपालिकामा पराजित भएका डिसी यतिबेला अखिल क्रान्तिकारी सुदुर पश्चिम् प्रदेश कमिटी अध्यक्ष समेत रहेका छन् । गाउँपालिकाको नेतृत्वमा होमिएका नेता डिसी यतिबेला वडा अध्यक्षका उम्मेदवार बनेपछि उनको चौतर्फी आलोचना समेत हुन थालेको छ । उसो त नेता डिसी वडाको मात्र नभई सिङ्गो खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार ,प्रतिभाशाली नेताका रुपमा चिनिन्छ्न । तर यतिबेला वडामा वडा अध्यक्षमा चुनाव जित्ने सम्भावना देखेपछि वडा उम्मेदवार बनेपछि व्यक्तिगत स्वार्थका लागि अध्यक्षको उम्मेदवार बनेको आरोप नेता डिसीलाई लागेको छ । यतिमात्र होइन वडाका कांग्रेस नेताकार्यकर्ताहरुले त उनले कांग्रेसका बिरुद्ध उम्मेदवारी दर्ता गराएको समेत आरोप लगाउदै आएका छन् । नेपाली कांग्रेस वडामा पहिलो पार्टी बन्ने सम्भावना प्रवल भएपछि उनले कांग्रेसलाई पराजित गर्नका लागि उम्मेदवारी दिएको एक कांग्रेस नेताले आरोप लगए । तर नेता डिसीले भने आफ्नो उम्मेदवारी वडाको समग्र बिकास र परिवर्तनका लागि मात्र रहेको बताएका छन् ।

नेता डिसीले आफुले उम्मेदवारी दिएपछि फैलाएको भ्रम आफुलाई आरोप मात्र लगाउन खोजेको बताए । आफू जस्तो सक्षम नेता आफ्नो पार्टी भित्रपनी नरहेको र अन्य राजनीति दलमा पनि नहुदा वडाको मुहार फेर्नका लागी आफुले अध्यक्षमा उम्मेदवारी दिएको नेता डिसीको दवी छ । २०७४ मा एमाले संग प्रतिस्पर्धा गरेको नेकपा माओवादीका मतदाताहरुले माओवादी छोडेर कोहि कांग्रेस कोहि एमाले तर्फ लागेपछि माओवादी वडामा कमजोर हुन पुगेको हो । वडा सदस्यका उम्मेदवार समेत रहेका नेता गोपाल बुढाले नै पार्टी छोडेपछि माओवादी केन्द्रलाई ठूलो धक्का पुगेको थियो । २०७४ को जति नै मतदाता माओवादीमा छैनन् । यदि ती सवै मतदाताहरु माओवादीमा नै भएको भए माओवादी केन्द्र चुनाव जित्न सम्भावना थियो । तर धेरैले पार्टी छोडेपछि पार्टी दुर्घटनामा परेको हो र चुनाव जित्न सकस देखिएको हो । यतिबेला नेता डिसीलाई वडामा उम्मेदवारी दिएर आफ्नो राजनीति जीवन धरापमा पार्ने स्थिति सिर्जना आफै गरेको कुरा पनि सुन्नमा आएको छ । यतिबेला नेकपा एमाले र नेपाली कांग्रेस बिच प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्र भने तेस्रो पार्टी भैसकेको छ ।

नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार रहेका नेता दिपक रावत २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित बनेका थिए । नेता रावत नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिवालय सदस्य समेत हुन । एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार र प्रतिभाशाली नेता रावत नेकपा एमालेको लामो समय देखि नेतृत्व गर्दै आएका छन् । रावत वडा अध्यक्षमा निर्वाचित भैसकेपछी रावत मात्तिएको आरोप लागेको छ । उनले वडा अध्यक्ष भैसकेपछि जनताको जनमतको कदर नगरेको र जनताको जनभावना बिपरित आफ्नो स्वोइक्षाकरी ढंगले अगाडि बढेको वडा वासिको जनगुनासो छ । नेता रावलले पाँच बर्षको कार्यकालमा कसैलाई काखा कसैलाई पाखा गरेको आरोप उनलाई लागेको छ । वडाबाट पाउनु पर्ने सेवा सुबिधा देखि लिएर अन्य बिकास निर्माणका कार्यहरूमा राजनीति पुर्वाग्रह गरि अन्य राजनीति दलका ब्यक्तिलाई सौतेनी व्यवाहार गरेको आरोप अन्य दलमा आस्थावान नेता कार्यकर्ताहरुले लगाउदै आएका छन् । रावतले यतिमात्र गरेनन् आफ्नो राजनीति भबिस्य आफै गुमाए । वडा अध्यक्ष हुदा उनको अहम्कारले रावतले आफै पतनको बाटो तिर लम्किएको बुझाई त्यहाँको जनसमुदायको छ । नेता रावत पटकपटक मधिरा सेवन गरि गाउँघरमा हहोल्ला र गाली गलौच गर्दा प्रहरीको नियन्त्रणमा समेत रहे । रावतको अनियमितता अहंकारको पतनका लागि यतिबेला वडामा जसरी पनि रावतलाई पराजित गर्ने उदेश्यका साथ अन्य दुई दलहरू घरदैलो अभियानमा छन् । तर फेरि पनि चुनाव एमाले नै जित्ने दावी रावतको छ । वडा अध्यक्षमा फेरि पनि बिजयी गराएमा बिगतका कमि कमजोरीहरुलाई सच्याएर वडाको बिकास र परिवर्तनका लागि वकालत गर्ने वचन बद्धता सहित रावत पनि घरदैलो अभियानमै छन् । तर उनलाई यतिबेला सहयोग गर्ने पक्षमा भने त्यहाँको जनसमुदाय देखिदैनन । तर २०७४ मा आफुलाई मतदान गर्ने जति सवै मतदाताहरु आफ्नो साथमा रहेको हुँदा आफू सहज तरिकाले चुनाव जित्ने नेता रावतको भनाई छ ।

यस अघि नेपाली कांग्रेस वडा कार्य समिति सचीव समेत रहेका नेता बिर्क रावत एक इमानदार, सक्षम, जुझारु, युवा नेताका रुपमा परिचीत छन् ।२०७४ को स्थानीय निर्वाचनमा पराजित हुनु परेको थियो । वडामा तेस्रो पार्टीका रुपमा रहेको कांग्रेसलाई अव वडामा पहिलो पार्टीका रुपमा स्थापित गरि चुनाव जित्ने अठोट आफुहरुको रहेको अध्यक्षका उम्मेदवार रावतले बताएका छन् ।अन्य दुई जना उम्मेदवार भन्दा धेरै पछि रावत राजनीतिमा लागेको हुदा रावत संग प्रतिस्पर्धा गर्नु सामान्य कुरा रहेको अन्य दुई जना उम्मेदवारहरुको भनाई छ । तर रावत भने राजनीतिमा यी दुई उम्मेदवार जति राजनीति बिज्ञ नभएतापनि चुनाव आफू नै जित्ने दावी गर्छन् । अग्रजहरुको सुझाव सल्लाह बमोजिम अगाडि बढ्ने र वडाको समग्र बिकास वडा परिवर्तन र रुपान्तरण गर्न आफू अग्रसर भएर लाग्ने रावतको प्रतिबद्धता छ ।वडामा तेस्रो पार्टीका रुपमा रहेको कांग्रेसलाई भने जति चुनाव जित्न सजिलो भने छैन । चुनाव जित्नका लागि धेरै सकस गर्नुपर्ने देखिन्छ । दुईवटा बलियो शक्तिहरुका बिच चुनाव जित्नु सिङ्गो खप्तड छेडेदहको कांग्रेसका लागि नै सफलता हो । तर पाँच बर्षको कार्यकालमा प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको आरोप कांग्रेसलाई पनि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!