बाजुराः स्थानिय निर्वाचनको समय नजिकिदै जाादा जिल्लाका बिभिन्न भेगका महिलाहरु सामाजिक क्षेत्रमा क्रियाशिल देखिएका छन् । यसै क्रममा जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिका र जगन्नाथ गाँउपालिकामा दलित महिला सशक्तीकरणको अभियान सम्पन्न भएको छ । जगन्नाथ गाँउपालीका र स्वामीकार्तिक गाँउपालिकामा दलित महिला सशक्तीकरणको त्याहाँका स्थानीय बासीन्दा हरुलाई तालीम सँगै त्याहामा रहेको मदिरा समेत नष्ट गरेकोे दलित महिला सशक्तिकरणका ईन्चार्ज नरेन्द्र बि.क.ले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दियका छन् ।
यसका साथसाथै दुबै गाँउपालिकाका प्रत्येक वडा वडामा आमा समुह हरुलाई प्रवेशपत्रहरु बितरण गरेको सशक्तिकरणका ईन्चार्ज बिकले जानकारी दिएका छन् । उक्त प्रबेश पत्र कार्डहरु दलित महिला आमा समुह हरुलाई वितरण गर्दा त्याहाँँका स्थानीय दलीत महिलाहरु निकै खुसी हुदै ईन्चार्ज बि.क.लाई फुल, माला र अबिर लगाएर सम्मान समेत गरेको छ ।











