युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
488 पटक पढिएको

Open photo

बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका वडा न.४ तोली स्थायी घर भएकी पवि देवी साउदको निरन्तर रुपमा क्षमताको विकास हुँदै गएको छ । साउद एकल महिला हुन । उक्त नगरपालिकामा पेभ कार्यक्रम लागू छ । पेभ कार्यक्रम लागू भएपछि नै पवीको क्षमतामा विकास भएको हो । उनको मात्र होइन पेभ कार्यक्रम लागू भईसकेपछी उनी सँगकी अन्य महिलाहरूमा पनि क्षमता विकास हुनुका साथै महिलाहरू स्वभावलम्बी र आत्मनिर्भर बन्न सफल भएकी छन । महिलाहरूले एउटा क्षमता विकास मात्र गरेकी छैनन् पेभ कार्यक्रमकै सहयोगमा विभिन्न सिपमुलक तालिम पाएपछि रोजगारी तर्फ उन्मुख भएर व्यवसायिक बन्ने प्रयत्न समेत गरिरहेकी छन । त्रिवेणी नगरपालिकाका अनुसार पविलाई पेभ कार्यक्रम लागु नहुनु पहिला परिवार चलाउन पनि धौधौ थियो । पेभ परियोजना लागू भएर त्रिवेणी नगरपालिका वडा नं.४ तोलीमा परिवर्तनशिल महिला समुहमा आवद्ध गरेर सोही समुहको अध्यक्ष बनाइएको थियो ।

उनी अध्यक्ष बनिसकेपछी पेभ कार्यक्रमबाट संचालित नेतृत्व क्षमता अभिवृद्धि तालिम समेत पाएकी थिइन् । तालिम पाए पश्चात् उनको नेतृत्व क्षमतामा अभिवृद्धि भएर अहिले महिला समुह, महिला सहकारी, महिला कृषक समुह र विभिन्न वित्तीय संघ  संस्थाहरुमा विभिन्न पदमा बस्दै आइरहेकी छन् । यतिमात्र होइन पवी नेतृत्व क्षमता अभिवृद्धिको तालिम पाएर उपभोक्ता समितीको विभिन्न पदमा रहेर काम गर्न थालेकीछन । उनले पेभ परियोजनाबाट व्यवसायका लागि बिउँपुजी रकम पनि पाएकी थिइन् । तरकारी व्यवसाय गर्नका लागि रकम पाएकी पविले आफ्नै जग्गा जमिनमा तरकारी खेतीसुरु गरिन । पेभ कार्यक्रमको सहयोगमा सुरु गरेको तरकारी खेतीबाट तरकारी उत्पादन गरि धेरै राम्रो आम्दानी गर्दै आइरहेकी छन् । अहिले पविले तरकारी खेतीबाट हुने गरेको आम्दानीले घरखर्च चलाउनुका साथै छोराछोरीको पालनपोषण र शिक्षामा लगानी गरिरहेकीछन् । यतिमात्र होइन उनले तरकारी खेतीबाटै भएको आम्दानीले थप जग्गा जमिन खरिद गरेकीछन् ।

पारिवारिक अवस्था दयनीय भएकी पवि देवी साउद पेभ परियोजनाबाट पाएको बिउँपुजी रकमले उनलाई परिवार पाल्नका लागि मात्र नभई व्यवसायिक बन्न सफल बनायो । उनी अहिले समाजका अन्य सम्पन्न परिवार स्वसरह चिनिन्छिन् । पेभ कार्यक्रमकै सहयोगमा तरकारी खेती सुरु गरेकी उनलाई लगनशील र मिहिनेती बन्न सिकायो । पेभ कार्यक्रमले यतिमात्र नभई अन्य महिलाहरु पनि पवि देवी साउद जस्तै व्यवसायिक बन्न सक्छन् भन्ने पाठ सिकाएकोछ । तरकारी खेतीबाट आयआर्जन सँगै बिस्तारै आम्दानी वृद्धि गर्दै गएकी साउदलाई अहिले पहिलेको जस्तो कुनैपनि कुराको समस्या छैन । पहिला एकल महिला भनेर हेला गर्ने पवीका छिमेकीहरु पनि यतिबेला उनको क्षमता देखेर लज्जित बनेका छन ।

तरकारी खेतीबाटै परिवार धान्नुका साथै सबै कुरामा सुसम्पन्न पवीले राजनीतिमा पनि चासो देखाईन र उनी हाल नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट नेपाली काँग्रेस नगरकमिटी सदस्य बनिन् । पेभ कार्यक्रमबाट तालिम लिएर नेतृत्व गर्ने क्षमताको बिकास गरेकी पवि वडा अध्यक्षमा उम्मेदवारी दिएर जिल्लासम्म सिफारिस समेत भईन तर कारण बस थियो तर हरेक कुरालाई मिलाउनुपर्ने र अहिले नै यसरी यो स्थानसम्म आएको हुँदा पार्टीले अहिले नै वडा अध्यक्षसम्म टिकट दिन अस्वीकार गरेको पाइएको छ ।

यसरी पेभ कार्यक्रमले महिलाहरूलाई स्वभावलम्वी आत्मनिर्भर र व्यवसायिक बन्न मात्र सहयोग पु¥याइरहेको छैन । महिलाहरूलाई समय समयमा क्षमता विकासका लागि विभिन्न तालिमहरु प्रदानगरि महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास गर्न सफल भएको छ । महिलाहरु कम्तीमा आफै आफ्नो परिवार पाल्न मात्र सकुन भनेर दिएको तालिम र गरेको सहयोगले आज पुरै समाजको नेतृत्व गर्ने नेताका रुपमा स्थापित गर्न सफल भएको पाइएको छ । पवीजस्तै अन्य महिलाहरु पनि प्रयत्न गरिरहेकीछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!