बाजुरा- नेपाली कांग्रेस बडिमालिका नगरपालिकाको चुनावी घरदैलो अभियानका क्रममा बृहत चुनावी आमसभा वडा न ६ कोर्धमा सम्पन्न भएको छ । नेपाली कांग्रेस बडिमालिका नगरपालिकाले दिन प्रतिदिन चुनावी घरदैलो अभियान संचालन गरिरहेको छ । यसैबिच आज एक औपचारिक कार्यक्रमका बिच वडा न. ६ कोर्धमा सम्पन्न भएको हो ।
बृहत चुनावी आमसभा कार्यक्रममा नेपाली कांग्रेस पुर्व जिल्ला कार्य समिति सभापति कबिराज पण्डित,नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखका उम्मेदवार धनराज पण्डित, उपप्रमुखकी उम्मेदवार राधिका सिंह नगर प्मुख एवम नेपाली कांग्रेसका बाजुराका उपसभापति पडम बडुवाल नगर उपप्रमुख तथा महाधिवेशन प्रतिनिधि कविता बिष्ट, महिला संघ अध्यक्षख अमृता सिंह, लगायत कांग्रेस आस्थावान नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा सम्मपन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले बडिमालिका नगरपालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउनका लागि सबै एक ढिक्का भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए । साथै नेताहरुले नगरपालिकामा कांग्रेस चुनाव जित्ने दावी समेत गरेका थिए । नेताहरुले वडा न. ६ कोर्धबासीहरुलाई नेपाली कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनका लागी रुख चिन्हमा मतदान गर्न पनि आग्रह गरेका थिए । आसन्न स्थानिय निर्वाचन नजिकिदै गर्दा बडिमालिका नगरवासिको कांग्रेस प्रतिको आकर्षण भने बढ्दै गएको पाइएको छ ।











