
बाजुराः निर्वाचन कार्यालय बाजुराले जिल्लाका ९ वटै स्थानिय तहमा मतदानमा खिटिएका कर्मचारीहरु पठाई सकेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका ९ वटै स्थानीय तहमा ५ सय ५८ जना कर्मचारी खटाइएका छन । जसमा १ सय १२ जना मतदान अधिकृत, १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मत पेटीका र अन्य मतदान केन्द्रमा आवश्यक समाग्रीहरु दिएर सबै कर्मचारी पठाइसकेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र र मतदान स्थल अनुसार नै कर्मचारीको व्यवस्थापन गरेर पठाइएको निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए । बाजुरामा कुल ८२ हजार ६ सय ९० मतदाता रहेका छन । जसमा पुरुष ४२ हजार १ सय ५१ र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जनाले मतदान गर्ने भएका छन् ।