
बाजुराः स्थानियत तह निर्वाचन आउन ५ दिन मात्र बाँकी रहेका छन । जिल्लामा ४ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा जिल्लाको बुढीनन्दा–४ मा नेकपा एमाले बाट दलित महिला सदस्यमा उमेदवार बनेकी बसन्ती चदारा,वडा नं १० मा एमाले बाट उमेदवार बनेकी ६० वर्षिया टुमरा दमाई, त्रिवेणी नगरपालिका–७ मा काँग्रेस बाट उमेदवारी दिएकी ६० वर्षिया औलादेवि लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रबाट उमेदवार बनेकी ३६ वर्षिया रुपसरी कामी निर्विरोध निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विविरण अनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा ४ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।