
काठमाडौँ। – निर्वाचनको मिति नजिकिएसंगै राजनैतिक दलहरुको भोट माग्ने, मतदातालाई आफ्नो पक्षमा पार्ने कसरत तीव्र बन्दै गएको छ। मतदाताहरु पनि कुन दल वा कस्तो उम्मेदवारलाई समर्थन गर्ने भन्ने लगभग निर्णय गरिसकेका छन्।
बूढानीलकण्ठ नगरपालिका वडा न २ का मतदाताहरु पनि आफ्नो वडाका योग्य तथा सक्षम उम्मेदवार/प्रतिनिधि चुन्न आतुर छन्। चुनावी मैदानमा उत्रेका उम्मेदवारहरुले बिगतमा गरेका विकास निर्माण , हाल प्रस्तुत गरेका योजना तथा प्रतिवद्धताका आधारमा प्रतिनिधि छान्ने सोचमा मतदाताहरु छन्। वडामा रहेको पन्चकन्या मन्दिर क्षेत्रको विकासका नाममा सो मन्दिरको व्यवस्थापन तथा पूजाआजाका साथै जात्रा पर्व संचालन गर्ने दुई वटा गुठीलाई बेवास्ता गर्दै अन्य व्यक्तिहरुलाई उपभोक्ता समिति बनाइ सम्झौता गर्ने कुचेष्टा गरेको आरोप लगाएका छन्।
हरेक वर्ष चण्डी पूर्णिमाका दिन विशेष पूजा गरी मनाइने पन्चकन्या रथ जात्राको बेला रथ लान पनि नमिल्नेगरी सस्तो लोकप्रिएताका लागि सेल्फिपूल बनाएकोमा पनि स्थानीयवासी रुष्ट छन्। वडाका विभिन्न स्थानमा तथाकथित विकासका कामहरु पनि गैर उपभोक्ताहरुको उपभोक्ता समिति बनाएर आफ्नै कार्यकर्तालाई जिम्मा लगाई गुणस्तरहीन कार्य गरेकोमा पनि मतदाताहरु रुष्ट छन्।
त्यसैले गुठी मास्ने , कार्यकर्ता पोस्ने , भ्रस्ट कार्य गर्नेलाई भोट दिन नसकिने कुरामा मतदाताहरुको एकमत रहेको छ।