
बाजुरा ः जिल्ला प्रशासन कार्यालय बाजुराले आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने निर्णय गरेको छ ।
मौन अवधिदेखि ३० वैशाख देखी मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँड रक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुरक्षामा बाधा आईपर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले मदिरा सेवन तथा बिक्रीवितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।