
बाजुराः नेपाली काँग्रेस बुढीनन्दा नगरपालिकाका उपप्रमुखका उम्मेद्वार रितादेवि सिंहले बुढीनन्दा नगरबासी महिला दिदी बहिनीको संरक्षणका लागि आफ्नो नगरउपप्रमुखमा उम्मेदवारी रहेको बताएकी छन् । मतदाताहरुलाई भेटघाटको क्रममा सिंहले महिलाहरुका हक अधिकार सुनिश्चित गर्न आफुले दोस्रँे पटक उम्मेद्वारी दिएको उनले बताईन ।
उनले सोमबार बुढीनन्दा नगरपालिका वडा नं ५,७ र ८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महिला दिदी बहिनीको संरक्षणका लागि आफ्नो उम्मेदवारी बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा रहेको बताएकी हुन् ।
उनले देशमा संघियता आएसंगै देशमा तीन तहको सरकार छ। स्थानीय सरकारले हामीलाई महिला तथा पछाडी पारिएका वर्गको संरक्षणका लागि सहज बनाएकाले आफुले खाइपाइ आएको शिक्षक पेशाबाट राजिनामा दिएर प्रत्यक्ष राजनीतिमा आएको उनले बताएकी हुन् ।
उनले बुढीनन्दा नगरपालिकामा आफु नगरउपप्रमुखमा महिलाबाट एकल उम्मेदवार रहेकाले सम्पूर्ण महिला दिदिबहिनीको संरक्षणका लागि अवसर प्रदान गर्न महिलालाई आग्रह गरेकी हुन् ।
पाँच बर्ष पहिले भएको स्थानीय तह निर्वाचन २०७४ मा पनि उपप्रमुखका उम्मेद्वार बनेकी सिंहले संवैधानिक व्यवस्थामा पनि उपप्रमुखको जिम्मेवारी महिलालाई प्रदान गरिएको र नगरपालिकामा पनि महिला, बालबालिका र पिछडिएका वर्गको सारथि महिला नै हुने, महिलाका समस्या महिलाले नै बुझ्ने भएकोले आफुलाई विजयी गराइ सम्पुर्ण महिला तथा बालबालिकाको संरक्षण गर्ने अवसर प्रदान गर्न उनले नगरबासीलाई आग्रह गरेकि छन् ।