
बाजुरा – जिल्लामा एन्टिजेन प्रविधीबाट कोरोना परिक्षण गर्दा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार गरिएको कोरोना परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका हुन् । जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दुई सय ५८ पुगेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार दुई सय ५८ जनामा ३८ जनाले कोरोना जितेर घर फर्किको र चार जनाको मृत्यु भएको बताए ।
संक्रमित भएका दुई सय ५८ जनामा हाल दुई सय १६ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये एक सय ९५ जना होम आइसोलेसन र २१ जना आइसोलेसनमा उपचारको क्रममा रहेका छन् ।
बिहीबार गरिएको कोरोना परिक्षणमा बडीमालिका नगरपालिकामा ४ जना,त्रिवेणी नगरपालिकामा २ जना,बुढीगंगा नगरपालिकामा २ जना, गौमुल गाउँपालिकामा २ जना र जगन्नाथ गाउँपालिकामा ३ जना गरी १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दको भनाई रहेको छ ।
हाल कोरोना परिक्षण गरिएका सात सय २७ जनामा दुई सय ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।