
काठमाडौँ — स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किनेहरूको लर्को लागेको छ । विभिन्नकामको लागी तथा पढाईको शिलसीलामा काठमाडौं बस्दै आएका तथा देशका अन्य सहरमा बस्दै आएका मतदाता हरु मतदान गर्न आ–आफ्ना गाउँ फर्किरहेका छन् ।
यतिबेला काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, बल्खु क्षेत्रमा घर फर्किनेहरूको भीड लागेको छ । ५ वर्षपछि आउने चुनावमा भोट हाल्न जान मतदाताहरू उत्साहित देखिएका छन् । गाउँ फर्किनेहरूको संख्या धेरै भएकाले सवारी साधनहरू खचाखच भरिएका छन् । मत हाल्न विभिन्न सामान बोक्ने गाडीमा समेत बसेर घर फर्किरहेका छन् ।
घर फर्किनेहरूका लागि गाडीसमेत थपिएको छ भने कतिपय स्थानीय तहबाट पार्टीहरूले नै गाडी पठाएका छन् । जसका कारण सडकमा ट्राफिक जामसमेत भएको छ ।