
बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाको मतदान अधिकृतको कार्यालयमा सिसि क्यामेरा जडान गरिएका छन । बैसाख ३० गते हुने स्थानिय तह निर्वाचनको मत गणना स्थल समेत रहेको निर्वाचन आधिकृतको कार्यालयमा सिसि क्यामेरा सहित कडा सूरक्षा तैनाथ गरिएको छ । जिल्ला समन्वय समितिको समिक्षाहलमा बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र मत गणनाको समयमा कुनै अप्रिय घटनाहरु नघटुन भन्ने उद्देश्यका साथ काडेतार समेत लगाइएको छ ।
जिल्लाका बिभिन्न मुख्य निर्वाचन आधिकृतको कार्यालयहरुमा पनि सूरक्षा अबस्था कडा पारेको खबर प्राप्त भएका छन । सदरमुकाम स्थित बडीमालिका नगरपालिकाको मुख्य निर्वाचन कार्यालयमा सिसि क्यामेरा जडान सहित काँडेतारले सूरक्षा अबस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेले बताउनु भएको छ ।
मत गणनाको समयमा कुनै अप्रिय घटनाहरु घट्न नदिन मत गणना स्थलमा सुरक्षा अवस्गा पुर्व तयारिमा राखिएको हो । बिगतका निर्वाचनहरुम मत गणना स्थलमा बिभिन्न किसिमका घटनाहरु घट्ने र मत पत्र समेत च्यातिने जस्ता घटनाहरु घट्दै आएकोले सबै मत गणना स्थलहरुमा सबै सुरक्षा अबस्था कडा गरिएको पाइएको छ ।