बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ३ स्थिति धनाल्त आधारभुत बिद्यालयमा नेपाली कांग्रेस र नेकपा एमाले र माओवादी केन्द्र बिच झडप भएको हो । बिहान ७ बजेबाट मतदान सुरु भएको उक्त मतदान केन्द्रमा मतदान सुरु भएको केही छिनमै झडप भएको हो । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार दिपक रावत बुट केन्द्र भित्र छिरेर बिरोध गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताले बिरोध जनाएका थिए । बिरोध गर्ने बित्तीकै नेकपा एमालेका कार्यकर्ता माथी ढुङ्गा मुदा प्रहार गरेपछि बिबाद झन चुलिएको थियो । झडप करिव आधाघण्टा सम्म भएको थियो ।
यति वेला नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले पनि साथ दिएका छन् । दुई पार्टी एक भएर कांग्रेसका कर्याकर्ताहरुलाई लखेटेका हुन । झडप निकै तनाव ग्रस्त बनेको थियो । यतिबेला मतदान स्थगित भएको छ । पुरै मतदान स्थल खाली भएको छ । दुई पार्टी मिलेर कांग्रेस कार्यकर्तामाथी आक्रमण गर्न थालेपछि मतदानमा सहभागी नहुने नेपाली कांग्रेसका कार्यकर्ताहरुको भनाई छ । झडपमा दुई जना नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन् । सो मतदान केन्द्र सुरक्षा व्यवस्था कमजोर भएको मतदाताहरुले गुनासो गरेका छन् । सुरक्षा निकायको टोलीलाई झडप नियन्त्रण गर्न निकै असहज भएको थियो । करिब आधा घण्टा पछि झडप नियन्त्रण भएको छ । यतिबेला मतदान स्थगित छ ।