बाजुरा—जिल्लाका २ स्थानीय तहमा कफ्र्यू आदेश जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
शुक्रबार भएको स्थानिय तह निर्वाचनका क्रममा जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा केही तनाव उत्पन्न भएको थियो । जिल्लाको बुढीगंगा नगरपालिका र बुढी नन्दा नगरपालिकामा झडप हुँदा दुबै ठाँउमा अनिश्चत कालका लागि कफ्यु आदेश जारी गरिएको छ ।
बढीमालिका नगरपालिका वडा नंं ८ र वडा नं. १ को बुदमा पनि तनाव भएको थियो । एक छिन मतदान कार्य स्थगित भएता पनि केही समय पछि सहज रुपमा मतदान सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको वडा नंं ८ मा भने ढुँगा हानाहान हुँदा एक महिला घाइते भएर जिल्ला अस्पताल बाजुरामा उपचार भैरहको छ ।
मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । राती ८ बजे देखी भोली बिहान ७ बजे सम्मका लागि जारी गरीएको प्रशासनको पत्रमा उल्लेख गरिएको छ ।